पहिरोले खरिखोला-बोरीखोला पाइपलाइनमा क्षेति

पहिरोले सुर्खेत उपत्यकामा ल्याइएको खरिखोला बोरीखोला प्रसारणलाइनमा क्षेति गरेको छ ।  पहिरोले क्षेति गरेपछि असार १९ गतेबाट उक्त प्रसारण लाइनको खानेपानी आपूर्ति बन्द भएको छ ।

पहिरोले क्षेति पुर्याएको खरिखोला बोरीखोला प्रसारणको मुख्य पाइपलाइन ।

धेरै ठुलो पहिरो आएकोले तत्कालै मर्मतसम्भार गरी खानेपानी आपूर्ति सहज गर्न सक्ने अवस्था नरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।


संस्थाका अध्यक्ष कुलमणी देवकोटाले पाइपलाइन नै विच्छयाउन नसक्ने अवस्था भएकोले बैकल्पिक उपाय अपनाउनु पर्ने अवस्था रहेको बताए ।

पहिरोले क्षेति पुर्याएको खरिखोला बोरीखोला प्रसारणको मुख्य पाइपलाइनबारे जानकारी दिदै उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा ।

अब पहिरो हटाएर पानी ल्याउन सक्ने अवस्था छैन्, उनले भने, त्यसैले दुई वटा पुल निर्माण गरेर खोला क्रस गरेर ल्याउनुको विकल्प छैन ।
खरीखोला बोरीखोलाको पाइपलाइनको भू–वनौट एकदमै चुनौतिपूर्ण रहेको छ ।
माटोको नभएर ढुगाको पहिरो जाँदा पहिलेकै रुटवाट पाइप राखेर पानी ल्याउन सक्ने अवस्था नभएकोले रुट नै परिवर्तन गर्नुको विकल्प नभएको पनि अध्यक्ष देवकोटा बताउँछन् ।
क्रसव्रीज बनाएर पाइनलाइन ल्याउनु पर्छ भएकोले उक्त ब्रीज बनाउन कम्तिमा पनि ४० लाख रुपैया जति खर्च लाग्ने संस्थाले जनाएको छ ।
खरीखोला बोरीखोलाको पानी ल्याउनको लागि बनाइएको इन्टेक नजिकै ठुलो पहिरो गएको छ ।
पहिरोले खरीखोला बोरीखोलाको पानी अवरुद्ध गरेपछि सुर्खेत उपत्यकाबासीलाई प्रयाप्त मात्रामा खानेपानी उपलव्ध गराउन कठिनाई भैइरहेको समेत अध्यक्ष देवकोटाले बताए ।


पहिरोले २५० मिमी मुख्य प्रशारण पाइपलाइनमा पूर्ण रुपमा क्षेति पुर्याएको छ ।
झुप्राखोला प्रशारण पाइपलाइनमा गएको पहिरोहरु पन्छाएर पानी संचालन गर्ने काम जोडतोडका साथ भैइरहेको संस्थाले जनाएको छ ।
आफैले खर्च गरेर बनाउन नसक्ने भएकोले संस्थाले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सक्दो सहयोगको अपेक्षा राखेको छ ।
खानेपानीको मुहानसम्म निर्माण सामाग्री ढुवानी गर्नको लागि सडक मर्मत, पहिरोले क्षेति पुरयाएको पाइपलाईन मर्र्मत र नयाँ संरचना बनाउन डिजाइन स्टीमेटसहितको प्रस्ताव वनाएर स्थानीय र प्रदेश सरकारलाई बुझाइएको छ ।

प्रकाशित मितिः २८ असार २०७७, आईतवार १३:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *