बारेकोटका पहिरो पीडितलाई राहत प्रदान

बद्री पन्त
जाजरकोट
गत असार २५ गतेको बाढी पहिरो पिडित जाजरकोटको बारेकोट गाउँपालिकाका ६ सय ५० घर परिवारलाई गैर खाद्य सामग्री विरण गरिएको छ ।
नेपाल रेडक्रस लगाएत सहयोगी संस्थाबाट संकलन गरिएको राहत सामग्री गाउँपालिकाले शनिवार पिडित घरपरिवारहरुलाई वितरण गरेको हो ।
३ सय ७५ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले उपलब्ध गराएको ३ सय ७५ थान त्रिपाल, ३ सय ५० थान कम्बल रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गर्नु भएको थियो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाह गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहलाई सहयोग सामाग्री हस्तान्तरण गदै ।

मन्त्री शाहले भौगोलिक विकट्ता लगाएत कारणले गर्दा ढुवानी गर्न निकै कठिन भएको बताउनु भयो । जहाँ दुख पर्छ त्यहाँ रेडक्रस पुग्ने मन्त्री शाहको भनाइ थियो ।
राहत सामग्री अपुग भए तत्कालै व्यवस्थापन गर्ने पनि बताउनु भयो ।
त्यसैगरी पहाडि क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाहले बारेकोटको पहिरो पिडित परिवारलाई राहत वितरण गर्न पाउदा खुसी लागेको बताउनु भयो ।


केयर नेपाल र पहाडि क्षेत्र विकास अभियानको समन्यमा ३ सय ४५ सेट गैर खाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टीन, म्याट लगाएत सरसफाइको सामाग्री गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।
दुखको बेला सबै क्षेत्रबाट सहयोग गर्न पनि अध्यक्ष शाहले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले पिडित परिवारले ढिलै भएपनि राहत पाएको बताउनु भयो ।
राहत संकलन जारी रहेको बताउनु हुदै अध्यक्ष शाहले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिने पनि बताउनु भयो ।


अध्यक्ष शाहले तपाईहरुको दुखसुखमा साथ दिन स्थानीय सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन भन्नु भयो ।
बारेकोटले बेलाबेला विपतको सामना व्यहोर्दै आएको पनि शाहले बताउनु भयो ।
दुख परेको समयमा सबैले सहयोग गरेको भन्दै अध्यक्ष शाहले सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भयो ।
पहिरोपिडितका लागि युनीसेफ नेपालले गैरखाद्य सामग्री उपलब्ध गरि सकेको छ ।
बिश्व खाद्य कार्यक्रमले २ महिना पुग्ने गरी ७ सय ५० घरपरिवारलाई खाना पुग्ने चामल, दाल र तेलको व्यवस्था गर्न लागेको अध्यक्ष शाहले जानकारी दिनु भयो ।
बिश्व खाद्य कार्यक्रमले दुई तिन दिन भित्रमा पुग्ने गरी हाइइनर्जी अर्थात उच्च क्वालीटीको विष्कुट विस्थापित परिवारलाई उपलब्ध गर्न लागेको छ, अध्यक्ष शाहले भन्नु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले बास्तविक पिडितले मात्र राहत पाउनु पर्ने बताउनु भयो ।
पहिरोको कारण ३ सय ३४ घरपरिवार विस्थापित भएका छन् ।


पहिरोले ५५ घर पुर्णररुपले क्षेती ग्रस्त वनाएको छ । १ हजार ५५ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन ।
सयौं हेक्टरमा जमिनमा लगाएको मकैबाली, धान खेती नष्ट गरेको छ ।
एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् ।
बारेकोटमा बाढीपहिरोबाट ९ करोड बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ ।
पहिरोले ११ जनाको ज्यान जानुको साथै ३ जना अँझै वेपत्ता छन् । राहत सहयोग पाएपछि पिडित परिवार हर्षित भएका छन् ।

प्रकाशित मितिः ११ श्रावण २०७७, आईतवार ०६:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *