पहिरोले घर भत्काउदा बालबालिकाको त्रिपालमा बास

बद्री पन्त
बारेकोट गाउँपालिका -५, कालाखोलीका कलिबान नेपालीको २०७३ मंसीर २१ मा मृत्यु भयो ।
श्रीमती देवि पनि ६ महिना नविद्दै घर छोडेर गइन । १० बर्षीय प्रविन, १४ बर्षीय हिरा र १२ बर्षिय मिना आमा आउने आसले बाटो हेरि बसेका छन् तर आमा भने ४ बर्ष वित्दासमेत घर फर्केर आएकी छैनन् ।
उनीहरु विचल्लीमा परेका हुन् । बाबु मृत्यु र आमाले पनि छोडेर गरेपछि तीन बालबालिका विचल्लीमा परेका छन् ।
उनीहरुलाई एकातिर बावु गुमाउनुको पिडा थियो भने अर्को आमाले छोडेर जानु ।
बाबुले बनाइ दिएको दुई कोठे घरमा उनीहरुले जेनतेन दैनिकी चलाउदै आएका थिए ।
गत असार २५ गते रातीको भीषण बर्षा पछि गएको पहिरोले उनीहरु बसेको घर भत्तकाइ दियो ।
उनीहरु धन्न भागेर बाचे । घरमाथिबाट खसेको पहिरोले घर मात्र भत्तकेन घरमा रहेको लत्तताकपडा, भाडाकुडा, खाद्यान्न लगाएत सामग्री सबै नष्ट गर्यो ।
उनीहरु अहिले छहरेखोला जंगलमा रेडक्रसले दिएको त्रिपाल टागेर बसेका छन् । उनीहरु शिक्षा दिक्षामा मात्र होइन गास, वासकै समस्यामा परेका छन् ।

१० बर्षीय प्रविन, १४ बर्षीय हिरा र १२ बर्षिय मिना पहिरोले भत्तकाइ दिएपछि पालमा बस्दै आएका छन् । तस्विर बद्री पन्त

उनीहरु गाउँ नजिकैको सरस्वती माद्यामिक विद्यालय सिलंगीचौरमा ७, ९ र ८ कक्षामा पढ्छन् ।
पढ्न मन भएर के गर्ने कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडा समेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्याछ, हिराले भनीन् ।
घरको अन्नबालीले ३ महिना पनि खाना पुग्र्दै, गाउँघरमा ज्याला मज्दुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घर व्यवहार धान्ने गरेको हिराले बताइ ।
घर पहिरो भत्तकाइदियो अव कहाँ बस्ने भन्ने चिन्ता छ उनले भनिन् । उनीहरुको सहयोगको लागि विभिन्न संघ संस्था तथा ब्यक्तिस“ग अनुरोध गरेपनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए ।
दाईको मृत्यु भयो भाउजु घर छोडेर गइन के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु उनले भने ।
जग्गा जमिन छ, ३ महिना पनि खाना पुग्दैन । आर्थिक अवस्था कमजोर हु“दा उनीहरुको लालनपालन गर्न समस्या छ, उनले भने ।


गरीवीका कारण नाबालक छोराछोरीको लालनपालन गर्न धेरै समस्या भएको काका रतनले बताए । त्यसैगरी सोही ठाउँका धनबहादुर कामीको ८ बर्ष अघि मृत्यु भयो । श्रीमती पुतली पनि पोइल गइन ।
१४ बर्षीया छोरी हिरा र ८ बर्षीया पुष्पा यतिबेला समस्यामा छन । उनीहरु अन्टी नाता पर्ने राजेशको घरमा बसेका छन् । बस्नलाइ घर छैन ।
अहिले उनीअरु पनि पहिरोको कारण विस्थापित भएर छरेखोलाकै जंगलमा त्रिपाल टाँगेर बसेका छन ।
बस्नलाई घर छैन सानो बहिनीलाई कसरी हुर्काउने र आफु कसरी पालिने भन्ने चिन्ताले सताउने गर्छ, हिराले भनीनन् । मेरो समस्या बुझीदिने कोही छैन ।

प्रकाशित मितिः १२ श्रावण २०७७, सोमबार ०७:३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *