बिपन्न बिरामीलाई आर्थिक सहयोग गर्ने युवा बिनोद र मिलन

बैदेशिक रोजगारीमा कार्यरत युवा समाजसेवी विनोद रावलले आर्थिक अभावले गर्दा उपचारमा समस्या भएका दुई जना विरामीलाई आर्थिक सहयोग गरेका छन् ।

युवा समाजसेवी मिलन विसी र बिनोद रावल

राष्ट्रिपति महिला उथान कार्यक्रमको सहयोगमा हेलिकप्टेरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याइएकी नलगाड नगरपालिका ५, पोखराकी पार्वती ओली र ४ बाउसेखोलाका दमका विरामी सम्पत ओलीलाई १० हजार रुपैया सहयोग गरेका छन् ।

पार्वतीका पति महावीरलाई विनोद र आफ्नो रकम हस्पतान्तरण गदै युवा समाजसेवी मिलन विसी ।

अहिले मलेसियामा रहेका युवा रावलले दुई जनालाई ५/५ हजार रुपैया सहयोग गरेका हुन ।
उनले बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार प्रकाश पन्तमार्फत उक्त रकम विरामीलाई हस्तान्तरण गरेको बताए ।
उनले भने, आर्थिक अभावले गर्दा घर फर्किने बाटो खर्च र उपचार गर्ने पैसासमेत नभएको थाहाँ पाएपछि सहयोग गरेको हुँ ।

बिनोदले पठाएको पैसा सम्पत ओलीलाई हस्तान्तरण गदै पत्रकार प्रकाश पन्त

सानैदेखि समाजसेवामा सक्रिय युवा रावलले यसअघि पनि एम्वुलेन्स किन्नेलगायतका विभिन्न सामाजिक कार्यमा सक्दो सहयोग गदै आएका छन् ।

पार्वतीलाई हेलिकप्टेरबाट उद्धार गरिदै

१० हजार मध्ये ८ हजार ५ सय आफुले र आफ्ना साथीहरु कार्बेका विवेक मगरले एक हजार र महोत्तरीका दिपेन्द्र यादवले ५ सय रुपैया सहयोग गरेको पनि बिनोदले बताए ।

सम्पत ओलीलाई रकम हस्तान्तरण गदै मिलन विसी

यस्तै अर्को युवा समाजसेवी मिलन विसीले पनि उनीहरुलाई ३५ सय रुपैया सहयोग गरेका छन् । उनले अस्पतालमै पुगेर पार्वतीलाई २ हजार ५ सय र सम्पतलाई एक हजार रुपैया सहयोग गरेका हुन ।

पार्वतीलाई हेलिकप्टेरबाट उद्धार गरिदै

समाज सेवामा निकै सक्रिय विसीले थुप्रै सामाजिक सेवामा आर्थिक लगायतको सेवा गदै आएका छन् ।  आर्थिक सहयोग बुझ्दै पार्वतीका श्रीमान महाबीर ओलीले संकट परेको वेला साथ दिएको दुवै जनालाई धन्यवाद दिएका छन् ।

घर फर्किदै पार्वती ओली

उनले घरफर्किने बाटो खर्चको लागि वडाध्यक्ष केशवप्रसाद शर्मा, मेयर, सासदसँग पटक पटक आग्रह गरेपनि सहयोग नगरेको गुनासो समेत गरे ।

पार्वतीका श्रीमान महाबीरसँग स्पाइप मार्फत कुरागदै विनोद रावल

उनले भने, घर फर्किनको लागि आर्थिक सहयोगको त कुरै छाडौ सहयोगको आश्वासन देखिएर अन्तिम समयमा उहाँहरुले फोन समेत उठाउनु भएन् । त्यसैले धेरै दुख लागेको छ ।
बारीमा घाँस काट्ने क्रममा चिप्लिएर लड्दा सालबाट बच्चा अलग हुँदा उच्च रक्तश्राप हुँदा ज्यान जोखिममा परेको थियो । लडेपछि पेटमै बच्चाको मृत्यु भएको थियो ।

अस्पतालको वेडमा रहेका सम्पतसँग स्पाइप मार्फत कुरागदै विनोद रावल

दल्लीबाट पार्वतीलाई यही साउन ७ गते उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याएर उपचार गरिएको थियो ।
उनी सोमवार घर फर्किएकी छन् ।

प्रकाशित मितिः १३ श्रावण २०७७, मंगलवार ०९:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *