च्याउ खाँदा एकको मृत्यु, बिरामीको सुर्खेतमा उपचार हुदै

बद्री पन्त
जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ । सात जना सिकिस्त विरामी परेका छन् ।
मृत्यु हुनेका ३ बर्षीया बालिका अञ्जना चलाउनेको मृत्यु भएको छ भने ५० बर्षीय टेकबहादुर चलाउने, ३० बर्षीय ललित चलाउने, ३० बर्षीय कल्पना चलाउने, ९ बर्षीय नीरुता सिंह, १२ बर्षीया धनसरा चलाउने तथा १४ बर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिनु भयो ।
उनीहरुलाई थप उपचारको लागि सुरखेत लैजना सेनाको हेलिकप्टर मगाइएको छ अध्यक्ष बस्नेतले भन्नु भयो ।
जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए । उनीहरुको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुदा गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतको भनाई छ ।

प्रकाशित मितिः १३ श्रावण २०७७, मंगलवार ११:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *