कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट पुर्ण रुपमा घर क्षति भएका घरपरिवारलाई आवास निर्माणको लागि प्रति परिवार एक लाख रुपैया सहयोग गर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मंन्त्री परिषदले उक्त रकम उपलव्ध गराउने निर्णय गरेको बताइन् ।
यस्तै विपद्वाट क्षति भएको घरपरिवारका लागि ३ महिना पुग्ने गरि खाध्यान्न उपलब्ध गराउने र जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागी साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।