अमेरिकामा रहेका समाजसेवी मणीराम जैसीले जाजरकोटको बारेकोट गाउँपालिकाका पहिरो पीडितलाई सहयोग जुटाउन सुरु गरेका छन् ।
अमेरिकाबाट दुखमा परेका नेपालीलाई साथ र सहयोग गदै आएका उनले पछिल्लो समय पहिरो पीडितको लागि सहयोग संकलन अभियान संचालन गरेका हुन ।
स्काइप मार्फत उनले भने, विभिन्न संचार माध्यमका आएका खवरहरुबाट प्रभावित भएर थोरै भएपनि राहात होस भनेर अभियान थालेको हुँ ।
उनले जति रकम संकलन हुन्छ एक रुपैया पनि नमासेर पीडितहरुको लागि पठाउने बताए ।
लामो समयदेखि समाज सेवामा सक्रिय जैसीले नेपालका थुप्रै सामाजिक काममा आर्थिक सहयोग गदै आएका छन् ।
उनले विपन्नको उपचारदेखि विद्यालयको भवन निर्माणसम्मका काममा व्यक्तिगत रुपमा बर्षेनी लाखै रुपैया खर्चिदै आएका छन् ।
संकलित रकम सवैभन्दा समस्यामा परेका पीडित परिवारलाई दिने पनि उनले बताए । मणीरामले आफुले पहिरो पीडितको लागि ५२५ रुपैया डलर सहयोग गदै उक्त अभियान थालेका हुन ।
आफुले थालेको अभियानमा अमेरिकामा रहेका विभिन्न नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले सक्दो सहयोग गरिरहेका पनि उनले बताए ।