बुवाको सम्झनामा पत्रकार शाहीले विपन्नलाई गरे एक लाख सहयोग

सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा ३ जना मृगौला पीडित र साझा घरलाई एक लाख रुपैया आर्थिक सहयोग गरेका छन् ।


तीन जना मृगौला पीडितलाई ३०–३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन ।


आर्थिक अभावमा डायलाइसिस गर्न नसकेका मृगौला पीडित गुर्भाकोट नगरपालिका– ५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गरिएको छ ।
ृउक्त रकम शुक्रबार पत्रकार शाही र उनकी आमा सरस्वती शाहीले पीडितहरुलाइ हस्तान्तरण गरेका हुन ।
घरभाडा र खाद्यान्नको अभाव झेल्दै आएको साझा घरका संचालक तपेन्द्र विकले उक्त रकमबाट साझा घरका बालबालिकालाई एक महिनासम्मको खानामा सहयोग पुग्ने बताए ।
सहयोग पाएपछि तीनै जना मृगौला पीडितले पत्रकार शाही र उनको परिवारलाई हृदयदेखि नै आभार व्यक्त गदै समस्यामा साथ दिएर ठुलो गुण लगाएको बताए ।


उक्त रकम सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदसय तथा कान्तिपुर दैनिकका कर्णाली प्रदेश व्यूरो प्रमुख कलेन्द्र सेजुवालले प्रेरित गरेको शाहीले बताए ।


पत्रकार शाहीका स्वर्गीय बुवा दलबहादुरको गत साल साउन २० गते क्यान्सर रोगबाट मृत्यु भएको थियो । हरेक वर्ष बुवाको स्मृतिमा विपन्नलाई सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिने पत्रकार शाहीले बताए ।

प्रकाशित मितिः २३ श्रावण २०७७, शुक्रबार १७:००

Leave a Reply

Your email address will not be published. Required fields are marked *