बद्री पन्त
बारेकोट ४ को सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, ५ को तोलखाना, कालाखोली, भैलोखाना,, ६ को धुमा, घर्तीगाउँ, ताँसी, ७ को स्याला, सुवाकोट, लुहाग, १ को धौलाकोट, कोट्ली, तल्लो सिर्पाचौर, तलिआगर, ८ को बन्डाला, छुतिपाल्ती लगाएत वडाका दर्जन बढी बस्ती पहिरोको उच्च जोखिममा रहेका बस्ती हुन्, गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
यी बस्तीका विभिन्न स्थान बाढिपहिरोले छेदविक्ष्छेद बनाइ दिएको छ, शाहले भन्नु भयो । तत्काल मान्छेहरु बस्न मिल्ले अवस्था छैन । घर जग्गा बाढीपहिरोले बगाएको मात्र छैन भएको जमिन पनि बस्नलाएक छैन् ।
चारैतीर पहिरोले घेरेको छ । कहाँ बस्ने समस्या भएको पहिरो पिडित रतन नेपालीले गुनासो पोख्नु भयो । पहिरो पिडितहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानातरण गर्नुको विकल्प छैन नेपालीले भन्नु भयो ।
कर्णाली प्रदेश जाजरकोट क का सांसद गणेश प्रसाद सिंहले बारेकोट गाउँपालिका बाढीपहिरोको उच्च जोखिममा रहेको बताउनु भएको छ ।
जोखिममा रहेका बस्तीमा मान्नेहरु बस्न नमिल्ने भएको जनाउदै यसका लागि सुरक्षित स्थानको पहिचान गरी बस्ती स्थानातरण गर्नु पर्ने बताउनु भएको छ ।
यसैगरी बाडीपहिरोले बारेकोट गाउँपालिका एक हजार तीन सय ८८ घर बाढीपहिरोले प्रभावित छन् । जसमा तीन सय ३४ घरपरिवार विस्थापित भएका छन् ।
चार सय ७७ उच्च जोखिममा, एक सय ९७ घर जोखिममा, तीन सय ७९ घर सामान्य जोखिममा रहेका छन् । पहिरोले ६० घर पुर्णरुपले क्षेती ग्रस्त भएका छन । बाढीपहिरोले सयौं हेक्टरमा लगाएको मकैबाली, धान खेती नष्ट गरेको छ ।
एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् ।