पहिरोबाट महिला र बालवालिका बढी प्रभावित

बद्री पन्त
जाजरकोट
गत असार २५ गते गएको बाढीपहिरोले दुर्गम बारेकोट गाउँपालिकामा महिला र साना बालवालिका बढी प्रभावित भएका छन् । उनीहरु बाढीपहिरोको कारण अहिले पनि त्रषित छन् ।
बारेकोट ४, तलगाउँकी ४० बर्षीया विष्णु नेपाली बस्ने घर पहिरोले बगाएर लगेपछि अहिले विस्थापित जिवन जिउन बाध्य छन् । उनका साथमा दुई छोरा र दुई छोरी छन् । उनका श्रीमानको दुई बर्ष अघि मृत्यु भयो ।
उनलाई एकातिर श्रीमान गुमाउनुको पीडा थियो भने अहिले वेघरबार भएर बस्नुको पिडाले पिरोलेको छ । साना छोराछोरीलाई कसरी हुर्काउने उनको चिन्ता छ । पहिरोले बस्ने घर मात्र बगाएन खाने मकै, गहुँ, भाडाबर्तन, लत्ताकपडा सबै बगाएर लग्यो ।
उनी अहिले हिमाय प्राथामिक विद्यालय गोठगाउँमा बसेकी छन् । उनले राहतको नाउमा एक वटा त्रिपाल मात्र पाएकी छन । बस्ने, खाने, जीउ ढाक्ने कपडाको अभाव छ ।
चारैतीर पहिरोले घेरेको छ । कहाँ बस्ने समस्या भएको छ । उनलाई साना छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ताले पिरोलेको छ ।
सोही ठाउँकी ५० बर्षीया धनी नेपालीको पनि पिडा कम छैन । पहिरोले विस्थापित बनायो, बस्नेखानेको समस्या छ । पेट भरी खाना पाइदैन सिमेन्टको चिसोमा बस्नु परेको उनले बताइन ।
विष्णु र धनी त केहि प्रतिनिधी उदाहरणका पात्र मात्र हुन । उनीहरु जस्तै अधिकांस महिला र बालवालिकाहरु उच्च जोखिममा परेका छन ।
बारेकोट ४ की वडा अध्यक्ष सिर्जना बस्नेतका अनुसार बाडीपहिरोले सानाबालवालिकाहरु र महिलाहरु बढी प्रभावित भएको बताउछिन ।
उनीहरुलाई एकातिर वाढीपहिरोले तर्सित बनाएको छ भने मानसिक रुपमा त्यतीकै असर पारेको वडा अध्यक्ष बस्नेको भनाई छ ।


वाढीपहिरोको कारण खाना बस्नाको धेरै समस्या भएको पहिरो पिडित महिलाको गुनासो छ । बर्खाको समय त्यसैमा त्रिपालको कष्टकर बसाइले गर्दा महिला र वालवालिका वढी जोखिममा रहेका छन ।
बाढीपहिरोको कारण १ हजार २ सय २ घरपविारका तीन हजार ६ सय ७० जना महिला र एक हजार पाँच सय ५८ बालवालिकाहरु बाढीपहिरोबाट प्रभावित भएका छन् ।
जसमा वडा नम्वर १ मा २ सय ८० जना महिला, १ सय जना बालवालिका, ३ मा ८४ जना महिला, ३९ जना बालवालिका, ४ मा १ हजार ५ सय ८१ महिला, ६ सय ४४ बालवालिका, ५ मा १ हजार २ सय ३० महिला, ६ सय ५९ बालवालिका, ६ मा १ सय ३२ महिला, २६ बालवालिका, ७ मा ३ सय ७० महिला, ४० बालवालिका र ९ मा ४१ जना महिला बढी प्रभावित भएका छन ।
गर्भवती तथा सुत्केरी महिलाहरु बढी समस्यामा परेका छन भने उनीहरुलाई पोषिलो खाने कुराको अभाव छ ।
वालवालिकामाले पेटभरी खाना समेत पाएका छैनन् । ३ सय ३४ घरपरिवार विस्थापित भएका छन् ।
पहिरोले ५५ घर पुर्णरपले क्षेती ग्रस्त वनाएको छ । सयौं हेक्टरमा जमिनमा लगाएको मकैबाली, धान खेती नष्ट गरेको छ ।
एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् ।
बारेकोटमा बाढीपहिरोबाट १० करोड बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २८ श्रावण २०७७, बुधबार ०९:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *