जाजरकोटको पिउलीमा पहिरोले घर बगायो

जाजरकोटको नलगाड नगरपालिका ६ पिउलीका मानवबहादुर विकको घर पहिरोले बगाएको छ ।
झण्डै १० लाख रुपैया खर्चेर गत बैसाख महिनामा निर्माण गरेको घर पहिरोले बगाएपछि उनको परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसेका छन् ।
यही साउन २४ गते आएको पहिरोले घर बगाउँदा उनको परिवार भने मुस्किलले बचेको समाजसेवी जयबहादुर विकले बताए ।
पहिरोले घरमा रहेको अनाज, केही नगद रुपैया, लत्ताकपडा, भाडाकुडा बगाएको पनि उनले बताए ।
पहिरो खस्न थालेपछि मानबहादुरको परिवारका सदस्यहरुले भागेर ज्यान जोगाएको भएपनि टिनले छोएकोसहित सामान भने जोगाउन नसकिएको बताएको छ ।
ऋण सापट गरी बनाएको घर पहिरोले बगाएपछि उनको परिवारको विचल्ली भएको छ ।
उनले आफुलाई सहयोग गर्न सवैसँग आग्रह पनि गरेका छन् ।

प्रकाशित मितिः २८ श्रावण २०७७, बुधबार १३:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *