कालिकोटको पहिरोमा परी मृत्यु भएका ६ जनाकै सनाखद

कालिकोटको महाबै गाउँपालिका गएराती गएको पहिरोमा परी मृत्यु भएका ६ किशोर किशोरीको सनाखद भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तीजको नाचगान गरिरहेको वेला घरमाथीबाट आएको पहिरोले राजबहादुर विष्टको घर उनीहरुको मृत्यु भएको थियो ।
पहिरोले परिएको लासलाई निकालेर आफन्तलाई दिइएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा राजबहादुर विष्टका १३ बर्षिय छोरा पुष्प ११ बर्षका प्रविण, १८ बर्षकी छोरी सविता, १५ बर्षकी छोरी आशा तथा उनका दाजुका छोरी १० बर्षकी रेखा र १९ बर्षकी शान्ति रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै कालिकोटकै नरहरीनाथ गाउँपालिकामा गएको पहिरामा परी घाइते भएका बाजेनातिलाई उपचारको लागि सुर्खेत ल्याउन लागिएको छ ।
गाउँकै प्राथमिक स्वास्थ्य चौकीका उपचार भैइरहेका उनीहरुलाई थप उपचारको लागि सुर्खेत ल्याउन हेलिकप्टेर पठाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले बताए ।

प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १३:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *