बद्री पन्त
लगातारको अविरल वर्षापछि आएको पहिरोले शुक्रबार दिउँसो जाजरकोटको बारेकोट गाउँपालिकामा चार घर बगाएको छ ।
पहिरोले बारेकोट ७ स्याँलाका बीरेन्द्र ध्यार र दीपक खत्रीको घर बगाएको छ भने वडा नम्बर ६ कार्कीगाउँका मनबहादुर कार्की र वडा नम्बर १ बयालाका करे कामीको घर पहिरोले क्षेती गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिनु भयो ।
लगातार बर्षा भइरहेकाले पहिरो जाने स्थानका स्थानीयबासीन्दालाई सुरक्षित स्थानमा गएर बस्न अध्यक्ष शाहले अनुरोध गर्नु भएको छ ।
पहिरोको कारण बारेकोटमा ६० बढी घर पुर्ण रुपमा ध्वस्त भएका छन । भने चार सय घरपरिवार विस्थापित भएर विद्यालय, सार्वजानिक चौर, आफन्तको घर बसेका गाउँपालिकाले जनाएको छ ।