पदम के सी जाजरकोट
लगातारको वर्सात पछि आएको पैरोले नलगाड नगरपालिका ५ तल्लो रगुनाथका दिप बहादुर बिकको घरलाइ ठूलो क्षेती भएको छ।
उनको घर भन्दा माथी रहेको खेतको डिल भत्किदा बिकको ४ कोठाको घर भित्रै पैरो पसे सङ्गै बिकको परिवार माइतिमा बस्न बाध्य भएका छ्न।
घर एक वर्ष अगाडि नै चर्किएको हुदा आफुहरु पहिलेनै घर छोडेर माइतिको घरमा बस्दै आएको हिरा बिक बताउछिन।
दिप बहादुर भन्छ्न, आफू अपांग भएको र आफुले केही काम गर्न नसक्दा घर भत्किएको एक मैन बित्दा पनि घर बनाउन सकेको छैन।
बिक गरिब भए पनि आफुले अहिले सम्म राम्रो काम गर्दै आएको बताउछ्न । अहिले घर भत्किदा माइतिको घरको किचकिच सुन्दा सुन्दा दिक्क लागि सक्यो।
उनी भन्छ्न, आफुलाइ सहयोग गर्न समुदायमा रहेका अगुवा व्यतिहरु सङ्ग धेरै नै बिन्ती बिसाएको र सरोकारवाला निकाय सङ्ग पनि धेरै पटक निबेदन गर्दा समेत व्यवास्ता गरेको बिकको गुणासो छ।