पूर्वमन्त्री थानीलाई पृति शोक

सुर्खेत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानीलाई पृति शोक परेको छ ।
उहाँका ८८ वर्षीय बुवा पदमलाल थानीको उपचारको क्रममा बिहीबार साँझ साढे ५ बजे प्रदेश अस्पताल सुर्खेतमा निधन भएको हो ।
स्वासप्रसासमा समस्या देखिएपछि उहाँलाई विहिवार अस्पताल भर्ना गरिएको थियो ।


स्वर्गीय थानीका दुई छोरा र दुई छोरी हुनुहुन्छ । अन्तिम दाहसंस्कार शुक्रवार गरिने परिवारले जनाएका छन् ।
यसैवीच काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरुले थानीको निधनप्रति गहिरो दुख व्यक्त गर्नु भएको छ ।
महामन्त्री खड्काले सामाजिक संजालमार्फत निधनको खवरले स्तब्ध र मर्माहत बनाएको भन्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्नु भएको छ ।
यस्तै नेपाली काँग्रेस सुर्खेतले थानीको निधनप्रति गहिरो दुख व्यक्त गरेको छ ।
पार्टी सभापति कमलराज रेग्मीले विज्ञप्ती जारी गदै स्वर्गीय थानीले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योग्दानको सधै स्मरण हुने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः २६ भाद्र २०७७, शुक्रबार ०६:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *