बद्री पन्त
जाजरकोट
अमेरिकामा रहेका समाजसेवी मणीराम जैसीले जाजरकोटको बारेकोट गाउँपालिका ५, तोलखानाका दुई घर पहिरोपीडित परिवारलाई एक लाख रुपैया आर्थिक सहयोग गरेका छन् ।
गत साउन २५ गते आएको पहिरोले घर भत्काएका उनीहरुलाई समाजसेवी जैसीले ५०–५० हजार रुपैया नगद सहयोग गरेका हुन ।

जैसीले अमेरिकाबाट पठाएको रकम बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले घरमै पुगेर बुवाआमा गुमाएका दुई घरका बालबालिकालाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष शाहले उक्त रकम हिरा नेपालीका तीन भाईबहिनी र हिरा कटुवालका चार भाईबहिनीलाई दिएका हुन ।
पहिरोले घर बगाएपछि आफन्तको घरमा बस्दै आएका उनीहरुलाई आर्थिक सहयोगले ठुलो राहात पुगेको अध्यक्ष शाहले बताए ।
विचल्लीपूर्ण अवस्थामा रहेका बालबालिकालाई यो रकमले पढाई लेखाईका साथै अरु घरायसी काममा पनि ठुलो सहयोग गर्ने पनि उनले बताए ।
उनले आर्थिक सहयोग गर्ने जैसीलगायत उहाँका सम्पूर्ण साथीहरुलाई गाउँपालिकाको तर्फबाट आभार व्यक्त गरेका छन् ।
अमेरिकाबाट दुखमा परेका नेपालीलाई साथ र सहयोग गदै आएका जैसीले स्काइप मार्फत भने, समस्यामा परेका बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।
उनले भने, मैले उनीहरुको लागि एउटा सानो अभियान चलाएको थिए ।

उक्त अभियानमा साथै दिदै विभिन्न साथीहरुले सहयोग गर्नु भयो उहाँहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
लामो समयदेखि समाज सेवामा सक्रिय जैसीले नेपालका समस्यामा परेका मानिसलाई व्यक्तिगत रुपमा बर्षेनी १० लाख रुपैया सहयोग गदै आएका छन् ।
जैसीले बारेकोट गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गोविन्दबहादुर सिंहलाई उक्त रकम पठाउनु भएको थियो ।
बारेकोटका पहिरो पीडित बालबालिकाको लागि जैसीले व्यक्तिगत रुपमा ५२५ डलर सहयोग गरेका छन ।
यस्तै उनको अभिायनमा साथ दिदै अहिले अमेरिकामा बस्ने दार्चुलाका किरणराज अवस्थीले २२२ डलर, जाजरकोटकी रीता रेग्मी, हुम्लाकी सनिता बोहोरा, चीतवनकी सुनिता कँडेल, पोखराखी मन्जु त्रिपाठी र झापाकी बिक्रमा थापाले १०५–१०५ डलर सहयोग गरेका छन् ।

यस्तै पाँचथरकी रोशनी घिमिरेले ४५ डलर, पर्वतका दिनेश रेग्मीले २५ डलर, बाँकेका राजन रेग्मीले २१ डलर, बर्दियाका विनोद अधिकारीले २१ डलर, तनहुका सन्दीप खनालले ३० डलर, रुकुमका महेश केसीले ५५ डलर र सल्यानका कृष्णबहादुर बुढाथोकीले ५५ डलर सहयोग गर्नु भएको समाजसेवी जैसीले जानकारी दिए ।
उहाँहरुले दिनु भएको रकम मध्य एकलाख बारेकोटका बालबालिकाको लागि र वाकी रकम शिवालय गाउँपालिका ५ का विपन्न तथा दलित परिवारलाई दिने पनि उनले बताए ।

आफुलाई बारेकोटका पहिरो पीडित बालबालिकालाई आर्थिक सहयोग गर्नको लागि वन मन्त्रालयका शाखा अधिकृत जनकराज शर्माले आवश्यक सल्लाह, सुझाव र परामर्श दिएको पनि उनले बताए ।
शर्माकै पहलबाट आफुले बारेकोट र शिवालयका विपन्न परिवारलाई सहयोग गरेको उनको भनाई छ ।
समाजसेवी जैसीले यसअघि समस्यामा परेका थुप्रै नेपालीका साथै विभिन्न सामाजिक अभियानको लागि पनि लाखै रकम सहयोग गरेका छन् ।