पढेर ठुलो मान्छे बन्ने धोको

पदम केसी

जाजरकोट

कुशे गाउपालिका -५ खुर्पा कि १५ वर्षीय रेखा बिस्ट हाल नलगाड नगरपालिका -५ पोखरामा बस्दै आएकी छ्न। बिस्टको बुवा छैन्न। आमाले अर्को बिहे गरिन। अहिले रेखाले दुखद जीवन बिताउदै आएकी छन।

बिस्टको घरमा एक जना दाइ छ्न। उनी पनि पोखरामा नै बस्छ्न। बिस्टको परिवारमा स्याहार सुहार गर्ने कोहि नहुदा उनको जिबनमा बज्रपात परेको छ।

उनको बुवाको एक वर्ष अगाडि भिड्बाट लाडेर मृत्यु भयो। आमाले रेखा नौ मैनाको हुदा बिहे गरिन। बिस्टको दुइवटा मामा थिए। उनिहरुको पनि मृत्यु भैसकेकोले माइजुहरुले आफुलाइ घृणा गर्ने बिस्ट बताउछिन।

बिस्ट अहिले आठ्मा पढ्छिन । बिस्टलाई पढाइ खर्च सस्थाले बेहोर्ने भनेता पनि अहिले सम्म खर्च पनि नदिएको कस्ले कता लियो? के भयो? भन्ने कुरा केही थाहा नभएको बिस्ट बताउछिन।

उनी भन्छिन, आफ्नो पढने ठुलो सपना थियो, तर आफ्नो कोहि नहुदा कसरी पढ्ने भन्ने निकै चिन्तित छु। कसैको सहयोग पाएमा पढेर ठुलो मान्छे बन्ने बिस्टको ठुलो धोको छ।

प्रकाशित मितिः २८ भाद्र २०७७, आईतवार ०७:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *