बद्री पन्त
जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकाका अति विपन्न ७ सय ४५ घरपरिवारलाई ४ सय ४७ क्वीन्टल चामल दिइएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहजीकरण र कुशे गाउँपालिकाको समन्वयमा विपन्न परिवारलाई २६ लाख २२ हजार रुपैयाको चालम दिइएको हो ।

कोरोनाभाइरस महामारीले लर्दा रोजगारी गुमाएका, खाद्यान्न नभएर जीवनयापन गर्न कठिन भएका अति बिपन्न परिवार, अपांगता भएका तथा जोखिममा रहेको बालबालिकाका परिवारलाई खाद्यान्नलगायतको सहयोग गरिएको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए ।

कुशेका ९ वटै वडाका अति विपन्न परिवारलाई प्रति परिवार ६० केजीका दरले चामल, २ सय परिवारलाई बाल्टीन, सावुन, रुमाल, पानी शुद्ध गर्ने ट्याब्लेटजस्ता हाइजेनिक सामग्री प्रदान गरिएको पनि उनले बताए । यस्तै २ सय परिवारलाई धारा सहितको बाल्टीन, ५ वटाको दरले सावुन, ५ वटाका दरले रुमाल, एउटा पत्ताको दरले पानी शुद्ध गर्ने ट्याब्लेट बितरण समेत दिइएको छ ।

उनीहरुलाई राहात सामाग्री प्रदान गदै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले दशैंको समयमा पनि अति विपन्न परिवारलाई राहत दिने बताए ।