बुढेस कालको कष्टपूर्ण जीवन

पदम केसी
सुर्खेत
सुर्खेतका बीरेन्द्रनगर -८, कृष्ण मन्दिर टोलका ६० बर्षीष कृष्ण नेपालीले अहिले कष्टपूर्ण जीवन बिताईरहेको बताउँछन् ।
उनी र उनकी श्रीमति सरिता साहारा बिहिन अवस्थामा छन् । साहारा दिने छोराछोरी आफुसँग नहुँदा बुढेस कालमा जीवन धान्न हम्यहम्य भएको उनी गुनासो गर्छन् ।
उनका २ छोरा र एक छोरी थिए । छोरी विवाह गरेर अर्कोका घर गइसकिन ।


दुई छोरा मध्ये एक जनाको मृत्यु भैइसक्यो भने भारत गएका अर्को छोराको अहिलेसम्म अत्तोपत्तो छैन् ।
सहारा कोही छैन भएको छोराको पनि अत्तोपत्तो छैन, उनी भन्छन्, अब कस्ले पो सहारा दिन्छ र ?
कालापार गएको छोरा अहिलेसम्म नफर्किदा सरिता चिन्तामा छिन ।
लकडाउनको समयमा उनको परिवारले ३० किलो चामल र २ किलो दाल राहात पाएका थिए ।
राहातको चामलले केही दिन राहात भएपनि हिजो आज भने साँझ विहानको छाक जुटाउन निकै समस्या भएको कृष्ण बताउँछन् ।
काम गर्न पनि सकिदैन । अरु आम्दानीको स्रोत कुनै छैन, उनी भन्छन्, कसरी चामल किनेर खाने ?
गरिब भएर जन्मिनु भन्दा नजन्मिनु बेस हुँदो रहेछ निराश हुँदै उनले भने चामल नहुँदा कति दिन त भोकै बसियो ।
गरिबलाई कसैले पनि नहेर्ने अनुभूति उनको छ ।

प्रकाशित मितिः ४ आश्विन २०७७, आईतवार १९:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *