कुशेमा खानेपानीको समस्या

पदम केसी
सुर्खेत
जाजरकोटको कुशे गाउँपालिका बासिन्दा बर्षौदेखि खाने पानीको चर्को समस्या भोग्दै आएका छन् ।
नजिकमा पानीको मुहान नहुदा उनीहरु पानीको लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताउँछन् ।
खानेपानीको लागि गाउँले आपसी मनमोटाव पनि हुने गरेको छ ।


स्थानीयहरु भन्छन्, हामीले कहिलेसम्म यस्तो समस्या भोग्ने ?
पानीको लागि आफुहरुको दुई तीन घन्टा समय बित्ने गरेको हरिमाया नेपाली बताउँछिन् ।
पानी भर्न पालो कुरेर बस्नु पर्दा घरको काममा पनि बाधा पर्ने गरेको उनले बताइन् ।
गाउँलेहरु भन्छन्, घरमा पानी पुगेको भए समयको पनि बचत हुने र झमेला पनि हुने थिएन् ।
यता गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले खानेपानीको समस्या समाधानको लागि आफुले पहल गरिरको बताए ।

प्रकाशित मितिः १० आश्विन २०७७, शनिबार ०७:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *