आन्द्रा चुटिएकी बालिकालाई बचाउन आफन्तको अपिल

पदम केसी
सुर्खेत
बाख्रा चराउन जादा भिरबाट लडेर प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेकी छेडागाड नगरपालिका -३, चुवाकी १५ बर्षिया कल्पना विकलाई बचाउन उनका परिवारले अपिल गरेका छन् ।
आर्थिक अभावले गर्दा उपचारमा कठिनाई भएको उल्लेख गदै आफन्तले सहयोगको लागि अपिल गरेका हुन ।


कल्पनाका काका मानबहादुर लुहारले आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा समस्या भएको बताए ।
उनका बुवाआमा किसान हुन । खेती किसान गरेर जीविकोपार्जन गदै आएका उनीहरुलाई छोरीको उपचारमा लाग्ने खर्च जुटाउनै मुस्किल भैइरहको छ ।
भीरबाट लडेपछि उनको अस्प्ताल ल्याउँदासम्म होस आएको थिएन । ७ दिनपछि होस आएको काका मानबहादुरले बताए ।
भीरबाट लडेपछि उनको आन्द्रा चुटिएको थियो ।
आन्दाको प्रदेश अस्पताल सुर्खेतमा सफल अप्रेसन गरिएको छ ।
अस्पतालले उपचारको लागि लागेको सबै खर्च व्यहोदिए पनि औषधी किन्नको लागि धेरै रुपैया खर्च हुने गरेकोले उक्त रुपैया जुटाउन कठिन भएको परिवारको भनाई छ ।
३–४ लाख रुपैयाको औषधी खर्च लाग्ने भएकोले हारगुहार गरेर माग्नु बाहेक अरु विकल्प नभएको उनीहरु बताउँछन् ।

प्रकाशित मितिः १७ आश्विन २०७७, शनिबार ०६:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *