सुर्खेत
एम्नेस्टी इन्टरनेशनल नेपाल समुह २ सुर्खेतको २० औं बार्षिक साधारण सभा बीरेन्द्रनगरमा सम्पन्न भएको छ । साभामा पूर्वमन्त्री यामलाल कँडेलले मानवअधिकार रक्षाको लागि एम्नेस्टी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
एम्नेस्टी आफैमा वजनदार संस्थाको रुपमा रहेको चित्रण गदै उनले यसको गरिमा जोगाई राख्न एम्नेस्टीकर्मीलाई आग्रह पनि गरे ।
विधि र कानुनी शासन स्थापित गर्न एम्नेस्टीले थप पैरवी गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै एम्नेस्टी इन्टरनेसनल नेपाल रास्ट्रीय बोर्ड सदस्य गोविन्द वाग्लेले मानवअधिकार संरक्षणको लागि आफुहरु सधै सक्रिय भएर लाग्ने बताए ।
सभा समापन गदै समुह २ का अध्यक्ष भरतकुमार पन्तले मानव अधिकार संरक्षणको लागि आगामी दिनहरुमा थप शसक्त भूमिका निर्वाह गर्ने बताए ।
उनले संस्थाको प्रगति र समृद्धिका लागि आर्थिक र नैतिक सहयोग गर्ने सबैप्रति आधार समेत व्यक्त गरे ।
सभामा बीरेन्द्रनगर – ४ का वडाध्यक्ष निलकण्ठ खानल, सामाजिक समितिका संयोजक यमुना नेपाली, समुह २ का पूर्व संयोजक लक्ष्मीप्रसाद बांस्तोला, नारायणनाथ योगीलगायतले आफनो भनाई राखेका थिए ।
कार्यक्रममा अग्रज पत्रकार लीलाधर गौतमलाई सम्मान गर्नुको साथै प्रमुख अतिथीसहितका विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सभामा समुह २ का सचिवले प्रगति र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।