कल्पनालाई सहयोग रकम हस्तान्तरण

सुर्खेत
भीरबाट लड्दा आन्द्रा चुडिएर प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेकी छेडागाड नगरपालिका जाजरकोटकी कल्पना विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
देश विदेशबाट उनको उपचारको लागि सहयोग स्वरुप पठाइएको ३३ हजार रुपैया बीबीसीका सम्वाददाता प्रकाश पन्तले कल्पनालाई हप्तान्तरण गरेका थिए ।
आर्थिक अभावले गर्दा उपचारमा कठिनाई भएको आफन्तले बताएछि राराखवर डटकमका संवाददाता पदम केसीले कल्पनाको उपचारको लागि आर्थिक संकलन अभियान चलाएका थिए ।


उक्त अभियानमा साथ दिदै वैदेशिक रोजगारीमा कार्यरत युवा समाजसेवी विनोद रावल र जापानमा रहेकी चुनुमुनु सिटौलाले पनि विदेशमा उनको लागि आर्थिक संकलन गरेका थिए ।
कल्पनाको उपचारको लागि बाराका अमर सापकोटाले १६१२, कार्वेका बिबेक मगरले २,०००, भोजपुरका रामकुमार तामाङले १४००, होम कटुवालले ३५००, आफ्नो परिचय भन्न नचाहाने व्यक्तिले ७,००० हजार रुपैया सहयोग गरेका थिए ।
सन्देश खडका, रामबहादुर बुढाथोकी र खिमराज खत्रीले एक एक हजार रुपैया सहयोग गरेका छन् ।
मलेसियामा रहेका रावलले आर्थिक अभावले गर्दा उपचारमा समस्या भएको थाहा पाएपछि जापानमा रहेकी चुनुमुनुसँग सहयोग मागेर उक्त अभियानलाई साथ दिएको बताए ।
चुनुमुनु र रावल दुवैजना दुःखमा परेका नेपालीलाई विगत लामो समयदेखि नै आर्थिक सहयोग गदै आइरहेका छन् ।
कल्पनाको उपचारको लागि अहिलेसम्म ५६,००० रुपैया संकलन भैइसकेको उनका काका मानबहादुर लुहारले बताए ।
उपचारको लागि रकम संकलन गर्ने अभियान थालेका संचारकर्मी केसीले शनिवारसम्म संकलन भएको रकम हप्तान्तरण गरिसकिएको र थप सहयोग जुटने क्रम जारी रहेको बताए ।

प्रकाशित मितिः २६ आश्विन २०७७, सोमबार २३:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *