बालिकाको उपचारको लागि झण्डै डेढलाख रुपैया संकलन

जाजरकोट छेडागाडकी आन्द्रा चुडिएर घाइते भएकी कल्पना बिकको उपचारको लागि अहिलेसम्म एक लाख ४७ हजार ३०७ रुपैंया संकलन भएको पत्रकार पदम केसीले बताएका छन् ।
घरको आर्थिक अबस्था नाजुक भएकी उनको उपचार खर्चको लागि पत्रकार केसीले अभियान थालेका थिए ।
अप्रेसन सफल भएर बिक घर फर्किसकेकी पनि उनले बताए ।
उनका काका मानबहादुर लुहारले आर्थिक अबस्था कम्जोर भएको र उपचार गर्न नसकिने बताएपछि जापानबाट चुनुमुनु सिटौला र मलेसियावाट बिनोद रावल आर्थिक संकलनमा सहयोग गरेका थिए ।
बालिकाको ज्यान बचाउन सहयोग गर्दा खुशी लागेको अभियानकर्मीहरु बताउँछन् ।


देश विदेशबाट राष्ट्रसेवकको नामबाट दिनेश शर्मा, सर्पराज बुढा, कमल थापा, पुजन महरा, सन्तोष लम्साल, होम कट्वाल बिबेक महरा, रामकुमार तामाङ, अमर सापकोटा, बिनोद रावल चुनुमुनु सिटौलाले ६२,००० हजार रुपैया पत्रकार केसीले बताए ।
यस्तै नेपालबाट सुदिप आचार्य, खमराज बिक, रन्जित खत्री, जगत चौधरी, कमल बिश्वकर्मा, पवन कुसारी, सन्देश खड्का, रामबहादु बुढाथोकी, खिमराज खत्री, दिलिपकुमार सोनी, निरक बिस्ट परिचय खुलाउन नचाहाने दुई जना, सरिता थापा, प्रेम थापा प्रेम शाही, सुरेन्द्र चनारालगाएत पनि आर्थिक सहयोग गरेका थिए ।
सहयोग रकममध्ये ३३ हजार रुपैया बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले बालिकालाई हस्तान्तरण गरेको पनि केसीले बताए ।
बाकी पैसा बालिकाका काका मानबहादुरको नाम आएको, केही आफैले हस्तान्तरण फरेको पनि केसीले जानकारी दिए ।

प्रकाशित मितिः ७ कार्तिक २०७७, शुक्रबार १६:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *