नयाँ उचाई हासिल गर्दै एसओएस हर्मन माइनर विद्यालय सुर्खेत

विद्यालय राम्रो हुनुमा प्रधानाध्यापकको ठूलो हात हुन्छ । अब्बल प्रधानाध्यापक भए छोटो समयमै विद्यालयमा ठुलो परिवर्तन ल्याउन सकिन्छ भन्ने गतिलो उदाहरण यतिवेला एसओएस हर्मन माइनर विद्यालय सुर्खेत बनेको छ ।

अभिभावकहरुले देखेको परिवर्तन

केही बर्षदेखि गुम्दै गएको विद्यालयको साखलाई नयाँ प्रधानाध्यापकले फर्र्काएको अभिभावकहरु बताउँछन् ।

केही बर्षदेखि यथास्थीतिमै चलिरहेकको विद्यालयलाई प्रधानाध्यापकले नयाँ गति दिने काम गरे, उनीहरु भन्छन्, जसले गर्दा अहिले हर्मन माइनरलाई उत्कृष्ट विद्यालयको रुपमा चित्रण गर्न थालिएको छ ।

रुप रंग नै बदिलन थालेपछि पछिल्लो सयम चौतर्फी क्षेत्रमा एसओएस हर्मन माइनर विद्यालयको चर्चा चुलिन थालेको छ ।

विद्यालयका प्रधानाध्यापक जगदीश ढकालको शिक्षक कर्मचारी, विद्यार्थीलाई गतिशील बनाउने, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायसँग समन्वय गर्न सक्ने क्षमताकै कारण विद्यालयले नयाँ उचाई हासिल गरेको अभिभावकहरु दावी गर्छन् ।

काम गर्ने इच्छा शक्ति, ज्ञान र क्षमता भए कुनै पनि कुरा असम्भव छैन भन्ने वास्तविकतालाई यर्थातमा बदल्न धेरै समय पर्खनु नपर्ने प्रधानाध्यापक ढकालको कामबाट प्रस्ट हुने पनि उनीहरु बताउँछन् ।

प्रधानाध्यापक ढकाल आफ्नो कार्यकक्षमा ।

विद्यालयमा डेढ बर्षको अवधिमा धेरै परिवर्तन आएको देख्न सकिन्छ, अभिभावक  तारा कँडेल भन्छिन, पुरानै गतिमा चलिरहेको विद्यालयलाई नयाँ प्रधानाध्यापक र उनको टिमले नयाँ ढंगले अघि बढाएका छन् ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट भएर २०७६ जेठ अन्तिमबाट विद्यालयको नेतृत्व समाल्न पुगेका उनी चुनौतिका चाङलाई पन्छाउँदै परिवर्तनको आभास गराउन सफल भएका छन् ।

एसओएस वालग्राम नेपालका निर्देशक ईश्वरीप्रसाद शर्मा र नवनियुक्त प्रधानाध्यापक जगदीश ढकाललाई स्वागत गरिदै ।

अर्का अभिभावक विजय पराजुली नयाँ प्रधानाध्यापकको आगमनसँगै हर्मन माइनर विद्यालय पुरानै लयमा फर्किएको बताए ।

व्यवस्थापकियदेखि शैक्षिक गुणस्तर सुधारसम्म व्यापक परिवर्तन आएको छ, उनले भने, विद्यालयले आफ्नो पुरानै पहिचान, छवि र साख फेरी स्थापित गर्न खोजिरहेको देखिन्छ ।

अभिभावक रुवी आचार्यको नजरमा विद्यालयको शैक्षिक वातावरणको साथै विद्यार्थीको पढाईप्रति चासो बढ्नुको साथै वानी व्यवहारमा पनि सकारात्मक सुधार आएको बताउँछिन् ।

यस्तै अर्की अभिभावक जयन्ती थानीले बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि पछिल्लो दिनहरुमा विद्यालयले अधिकत्तम प्रयास गरिरहेको अनुभूति सुनाइन् ।

६ बर्षसम्म एसओएस हर्मन माइनर विद्यालय भरतपुरमा शिक्षक र ४ बर्षसम्म एसओएस युवालय भरतपुरमै सिनियर काउन्सलरको रुपमा उनले काम गरेका थिए ।

अनुभवले खारिएका र अब्बल क्षमता भएकै कारण उनले सुरुमा विद्यालयमा देखिएका समस्याको पहिचान गरी सुधारमा लागेका थिए ।

सुरुमा समस्या पहिचान गरी अघि बढ्दा परिवर्तन सम्भव भएको प्रधानाध्यापक ढकाल बताउँछन् ।

पहिलेको तुलानामा स्तर खस्किदै गएको भन्ने जनगुनासोलाई ध्यानमा राखेर उनले सबैभन्दा पहिले आन्तरिक जनशक्ति परिचालनलाई व्यवस्थीत बनाएका थिए ।

आन्तरिक जनशक्ति व्यवस्थीत बनाएपछि उनले विद्यालयको पूर्वाधार सुधारसँगै विद्यार्थीको लागि सुविधा विस्तारमा ध्यान केन्द्रीत  गरेका थिए ।

पहिलो साता समस्या अध्ययन गरेका ढकालले दोस्रो साताबाटै परिवर्तनको लागि कदम चालेको बताए ।

स्थानीय सरकार र प्रदेश सरकारबाट  अधिकतम सहयोग

एसओएस बालग्राम नेपालका निर्देशक ईश्वरीप्रसाद शर्माले स्थानीय सरकार र प्रदेश सरकारबाट विद्यालयले अधिकतम सहयोग पाएको भन्दै खुशी व्यक्त गरे ।

निर्देशक शर्माले भने, अभिभावक, स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा विद्यालयले नयाँ विद्यालय भवन निर्माण गर्न सफल भएको बताए ।

विद्यालयको नेतृत्व नयाँ प्रधानाध्यापकले कुशलतापूर्वक निर्वाह गरिरहेको पनि निर्देशक शर्माले उल्लेख गरे ।

शिक्षक कर्मचारी व्यवस्थापन

उनले विद्यालयमा रहेको शिक्षक कर्मचारी कल्याणकारी यूनियनलाई आफ्नो हक हितमा मात्र सीमित नराखी विद्यालयको चौतर्फी विकासमा सक्रिय गराए ।

कारवाही पुरस्कार

कार्यसम्पादन मूल्याङ्कनका आधारमा राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई कारवाही थाले ।

लामो समयदेखि बढुवा नभएका शिक्षक कर्मचारीलाई बढुवा र लामो समय करारमा रहेका शिक्षक कर्मचारीलाई तुरुन्तै स्थायी नियुक्तिको प्रक्रिया अघि बढाएका थिए ।

समय पुगेपछि स्वतः बढुवा हुने प्रचलनलाई भने उनले रोकि दिए ।

तत्कालै सम्वोधन

विद्यालयमा देखिएका कुनै पनि समस्यालाई उनले तत्कालै सम्बोधन गरे ।

नयाँ कामको थालनी गर्दा हुने बजेट अभावलाई विद्यालय व्यवस्थापन समिति र एसओएस बालग्राम नेपालको सहयोगमा व्यवस्थापन गरे ।

शौचालय व्यवस्थीत

विद्यार्थीले प्रयोग गर्ने शौचालयलाई व्यवस्थीत बनाए ।  शैचालयको स्तर बृद्धि गदै टायल हाल्ने र युरिनल्स थपियो ।

छात्राहरुको लागि शौचालय कोठाहरु थप थरियो । यसले गर्दा अव्यवस्थीत शौचालय व्यवस्थीत बन्यो ।

मर्मत गरिएको शौचालय ।

पुस्तकालय प्रयोग

प्रयोगविहिन र अस्थव्यस्थ अवस्थामा रहेको पुस्तकालयलाई संचालनमा ल्याए ।

बीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा आवस्यक  फर्निचर, टायल लगाउने, स्मार्ट वोर्ड जडान गरी पुस्तकालयलाई  वैकल्पिक कार्यशाला कक्षको रुपमा विकास गरे ।

एउटा कक्षाका विद्यार्थीहरु एकै पटक अटन सक्ने बनाएपछि त्यसमा ई -लाईवेरी कक्ष पनि थप गरिएको छ ।

पुस्तकालयको पूर्ण प्रयोगको लागि विद्यार्थीहरुले दैनिक तथा साप्ताहिक रुपमा पुस्तकालयमा गएर अनिवार्य अध्ययन गर्ने व्यवस्था गरिएको छ ।

६ कक्षादेखि माथीका विद्यार्थीले अनिवार्य रुपमा तीन महिनामा तीन वटा पुस्तक पढ्नुपर्छ ।

विद्यार्थीले पुस्तक पढे नपढेको जानकारी लिन पुस्तकालय प्रमुखले मौखिक रुपमा प्रश्नहरु सोध्ने र किताव पढेको रेकर्डलाई  मार्ग सिटमै उल्लेख गर्ने व्यवस्था पनि मिलाइएको छ ।

पुस्तकालयमा गएर अध्ययनगदै विद्यार्थीहरु ।

गणित प्रयोगशाला

प्रधानाध्यापक ढकालले विद्यार्थीको सिकाईलाई सहजिकरण गर्न सुविधायुक्त गणित प्रयोगशाला निर्माण गरेका छन् ।

यो प्रयोगशाला कर्णाली प्रदेशकै पहिलो गणित प्रयोगशाला पनि हो ।

गणित प्रयोगशाला ।

विज्ञान संकाय संचालन

झण्डै एक दशकदेखि हरेक बर्ष योजनामा राख्ने गरेपनि संचालन गर्न नसकिएको विज्ञान संकायलाई उनले संचालन गरे ।

भौतिक, रासायणिक र जीव विज्ञान विषयका विषयगत स्तरीय विज्ञान प्रयोगशाला पनि बनाइएको छ ।

विज्ञान प्रयोगशालामा विद्यार्थीहरु ।

गुणस्तरीय शिक्षा हासिल गर्नको लागि काठमाडौ र अन्य सहरहरुमा जानु पर्ने बाध्यतालाई केही हदसम्म सम्वोधन गरेको देखिन्छ ।

पहिलो बर्षमै भर्नाको लागि अत्याधिक चाप रहेकोले धेरै विद्यार्थीहरुलाई भर्ना गर्न नसकेको प्रधानाध्यापक ढकालले बताए ।

गुणस्तर बृद्धिसँगै विद्यालयले अब विद्यार्थीहरु सीट क्षमता पनि बढाउनु पर्ने सुझाव अभिभावकको छ ।

जीव विज्ञान प्रयोगशाला ।

नयाँ स्कूल बस

विद्यालयले पुराना बसहरु हटाएर अहिले दुई वटा नयाँ बस  संचालनमा  ल्याएको छ ।

विद्यालयको हाताभित्र बस स्टेसन निर्माण गरिएको हुँदा विद्यार्थीलाई सुरक्षित आवतजावतमा सजिलो भएको छ ।

विद्यार्थीको सुरक्षित आवतजावतको लागि पुर्ननिर्मित प्रवेसद्धार ।

ठुलो आर्थिक भारको बावजुद विद्यार्थीलाई स्तरीय यातायात सुविधा थपिएको पनि उनले बताए ।

विद्यालय हातभित्र अनावश्यक प्रवेस हुन नदिन तालिम प्राप्त सुरक्षा गार्ड राख्ने योजना पनि उनले सुनाए ।

विद्यालयले संचालनमा ल्याएका नयाँ स्कूल बस ।

पानीको लागि वोरिङ

पानीको समस्या समाधान गर्न विद्यालय हाताभित्र वोरिङबाट पानी निकाल्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

पानीको शुद्धता कायम गदै  विद्यार्थीको लागि चाहिने चिसो र तातो पानीको लागि टंकीमा प्रविधि जडान गर्ने योजना  पनि प्रधानाध्यापक ढकालको छ ।

भेन्टिङ्ग मेसिन जडान

महिनावारी हुँदा छात्रा र शिक्षिकाहरुको सजिलोको लागि विद्यालयमा स्यानेटरी प्याडको लागि भेन्डिङ्ग मेसिन जडान गरिएको छ ।

यो मेसिन जडान गर्ने हर्मन माइनर विद्यालय कर्णालीकै पहिलो विद्यालय पनि हो । सँगसगै विद्यार्थीलाई परामर्श दिन गाइडेन्स रुमको पनि व्यवस्था गरिएको छ ।

सेफ्टी प्याड भेन्टिङ्ग मेसिन प्रयोग गदै एक छात्रा ।

विद्यालय भवनलाई पूर्णता

रकम अभावले निर्माण रोकिएको विद्यालयको ९ कोठे भवन निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ ।

निर्माण गर्न बाकी रहेका ४ वटा कोठा र शौचालय नगरपालिका र एसओएस बालग्राम नेपालको सहयोगमा निर्माण बनाइएको हो ।

यो भवन बनाउन अभिभावक र पूर्व विद्यार्थीहरुले पनि आर्थिक सहयोग गरेका थिए ।

खेलकुद मैदानसगै कार्यक्रम स्थल वनाइएको छ ।

शैक्षिक गतिविधी

निरन्तर शिक्षण सिकाइमा मल्टिमिडिया प्रयोगलाई प्राथमिकता दिइएको छ । निरन्तर विद्यार्थी मुल्यांकनमा अनिवार्य साप्ताहिक क्वीज परिक्षा थप गरिएको छ ।

यसले कमजोर र जान्ने दुबै विद्यार्थीलाई फाइदा भैइरहेको शिक्षकहरु बताउँछन् ।

ग्रेड स्टीमेसन एसेम्वली

विद्यार्थीको सही मूल्याकनको आधार निर्माण गर्न कक्षा १० मा ग्रेड स्टीमेसन एसेम्वली गर्ने व्यवस्था गरिएको छ । यसमा विद्यार्थीको पढाई उदेश्य पुरा गर्न विद्यार्थी, अभिभावक र शिक्षक बसेर टार्गेट सेट गर्छन ।

ग्रिड स्टीमेसन एसेम्वलीमा सहभागी प्रधानाध्यापकसहित शिक्षकहरु ।

पढाईसँग सम्वन्धीत अभिभावकका गुनासाहरु तत्कालै सम्बोधन गर्ने व्यवस्था गरिएको छ । अभिभावकहरुले दिने सल्लाह, सुझाव र परामर्शको आधारमै अघि बढाउने गरिन्छ ।

यो सँगसगै विद्यालयमा अभिभावकहरु आफ्ना सल्लाह सुझाव लिएर आउने र छलफल गर्ने क्रम पनि ह्वातै बढेको छ

ग्रिड स्टीमेसन एसेम्वलीमा सहभागी अभिभावकहरु ।

शिक्षाका  लागि साझेदारी

विद्यार्थी र शिक्षकको सिकाई आदान प्रदान गर्न स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका विद्यालय र विश्वविद्यालयहरुसँग शैक्षिक साझेदारीलाई अघि बढाइएको छ ।

साझेदारीको लागि बार्षिक बजेट समेत बिनियोजन गरिएको प्रधानाध्यापक ढकालले बताए । यो बर्ष भने कोभिड १९ कारण साझोदारी कार्यक्रम अन्तर्गत शिक्षक र विद्यार्थीको  विदेश भ्रमण स्थागित भएको छ ।

शिक्षाका लागि साझेदारी कार्यक्रम घोषणा गदै नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंह ।

अतिरिक्त क्रियाकलापमा उत्कृष्ट

बिद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा विशेष जोड दिदै आएको छ ।

एनसीसी उत्कृष्ट प्लाटुन अवार्ड २०७६ ।

विद्यालय, जिल्ला र प्रदेश स्तरीय विभिन्न कार्यक्रममा सहभागी भएर उत्कृष्ट हुँदै आएकोमा गतवर्ष पहिलो पटक राष्ट्रिय सेवा दलमा सहभागीता जनाएको हर्मन माइनर विद्यालयले वेस्ट प्लाटन र उत्कृष्ट साँस्कृति नृत्य अवार्ड जितेको थियो ।

खेलकुद सप्ताहको उद्घाटन समारोहमा सलामी ग्रहण गदै एसओएस बालग्राम नेपालका शिक्षा विभाग प्रमुख डा. गंगाबहादुर गुरुङ्ग ।

बिद्यालयले गर्ने दैनिक, साप्ताहिक तथा बार्षिक हरेक कार्यक्रममा नयाँपनको साथै गुणस्तरीयता पनि झल्किएको शिक्षक, विद्यार्थी र अभिभावकहरु बताउँछन् ।

उनीहरु भन्छन्,  गतवर्षको बार्षिक उत्सव तथा खेलकुद सप्ताह यसको बेजोड नमुना हो ।

खेलकुद सप्ताहमा परेड प्रर्दशन गदै विद्यार्थीहरु ।

इमरजेन्सी रेस्पोन्स

कोभिड १९ ले गर्दा भएको लकडाउनले गर्दा नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको अवस्थामा विद्यार्थीहरुलाई नियमित सम्पर्कमा राखी मनोवैज्ञानिक परामर्शका साथै पढन पाठनको गतिविधिलाई निरन्तरता दिइएको छ ।

फेसबुक म्यासेन्जर सुरु भएका कक्षाहरु जुम हुँदै विद्यालयको आधिकारीक डोमेन अन्तर्गत माइक्रोसफ्ट टिमका कक्षाहरु संचालनमा छन् ।

कठिन अवस्थामा पनि विभिन्न माध्यमबाट विद्यार्थीहरुको पठन पाठनलाई अघि बढाउन विद्यालयले गरेको प्रयास निकै सराहनिय रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका बीरेन्द्रनगर नगरपालिका -४, का वडाध्यक्ष निलकण्ठ खनालले बताए ।

यि कक्षाहरु संचालनको लागि शिक्षक कर्मचारीहरुले ठूलो मिहिनेत गरेको प्रधानाध्यापक ढकालले बताए ।

कोभिड -१९ को पूर्ण सर्तकताको साथ कक्षा १२ को परिक्षा दिदैं विद्यार्थी ।

सामुहिक प्रयास  

छोटो समयमा बिद्यालयमा देखिएको यो परिवर्तन आफ्नो एकल प्रयासबाट नभई शिक्षक, कर्मचारी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको सामुहिक प्रयासबाट सम्भव भएको उनले बताए ।

विद्यालयलाई सफल बनाउन सहायक प्रधानाध्यापक हरिहर बस्नेतसहित विभिन्न विभाग प्रमुख र सम्पूर्ण शिक्षक शिक्षिकाहरु नयाँ जोस र जाँगरसहित लागि परेको पनि उनले बताए ।

विद्यालयका शिक्षक कर्मचारीहरु ।

भावी योजना

देशकै नमुना विद्यालय बनाउने सपना प्रधानाध्यापक ढकालको छ । शैक्षिक गुणस्तर बृद्धिमा ध्यान दिने, विद्यालयमा फुटसल र स्वीमिङ पुल बनाउने, सिटीइभीटी अन्तगर्तको कम्तिमा एउटा प्राविधिक विषयको अध्यापन सुरु गर्ने र प्रदेशको आवस्यकता अनुसारको जनशक्ति निर्माण गर्ने योजना प्रधानाध्यापक ढकालको छ । (तस्वीरहरु एसओएस हर्मन माइनर विद्यालय सुर्खेतबाट )

प्रकाशित मितिः ७ कार्तिक २०७७, शुक्रबार १९:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *