जाजरकोटमा धान उत्पादन घट्यो

बद्री पन्त
जाजरकोट
जाजरकोट जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा ३.३ प्रतिशतले धानको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
नलगाड नगरपालिका ६ थाप्लाका राजेन्द्र खड्काले ओख्र्याल ज्यूलामा गत वर्ष १५ मुरी धान उत्पादन भएको थियो । यस पटक भने उत्पादन आधाले घटेपछि खड्का चिन्तामा छन् ।
बर्ष भरी परिवारको छाक टार्ने धान खेती नै हो, खड्काले भने । यसपटक परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ, उने भने ।
त्यसैगरी नलगाड ४ औलका तीलबहादुर रावल धान उत्पादन घटेपछि निरास छन् । बर्ष भरी धान्ने धान हो, यो पटक उत्पादन तेव्वरले घट्यो, उनले भने ।


रोग लागेर धानको बोट नै जल्यो, उत्पादन राम्रो भएन, उनले भने । खड्का र रावल त केहि उदाहरण मात्र हुन् ।
जिल्ला भर धान खेती गरेका कृषकहरु उत्पादन आधाले घटेपछि निरास भएका छन् ।
बाढीपहिरो, सिचाईको अभाव, उन्नत विउको कमी, परम्परागत रुपमै धानको खेती हुनु लगाएत कारणले बर्षेनी धान उत्पादन घट्दै गइरहेको बारेकोट ५ तोल्खानाका खड्क शाहले बताए ।
मकै, गहुँ पछिको धानबाली हो, यो पनि उत्पादन घट्दै गएको छ, शाहले भने । जाजरकोटका सात वटै स्थानीय तहमा चैते धान तथा बर्खे धान खेती हुने गरेको छ ।
तीन हजार ६३ हेक्टर क्षेत्रफलमा गत बर्ष ९ हजार ९ सय ७१ मेट्रीक्टन धान उत्पादन भएको थियो भने यस वर्ष ९ हजार ६ सय ५८ मेट्रीक्टन उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश अधिकारीले बताए ।
फुलफुल्ने समयमा पानी नपरेको कारण उत्पादन घटेको अधिकारीले जानकारी दिए ।
१० हजार ८ सय ५० हेक्टरमा मकै, तीन हजार ६३ हेक्टर क्षेत्रफलमा धान र १ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा कोदोको खेती भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः १८ कार्तिक २०७७, मंगलवार १५:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *