यसपाली मकै उत्पादन घट्यो

बद्री पन्त
जाजरकोट
यस वर्ष जाजरकोटमा मकै उत्पादन घटेको छ । गत वर्षको तुलनामा मकै ५.३३ प्रतिशते उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बर्षभरीमा खाने खाद्यबालीमा उत्पादन कमी आएपछि स्थानीयहरु चिन्तामा परेका छन् ।  बारेकोट गाउँपालिका ५ कालाखोलीकी देवी सिंहको घरमा गतबर्षको भन्दा यस बर्ष मकै उत्पादन घटेको छ ।
उत्पादन आधाले घटेपछि १० जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले उहाँलाई सताएको छ । बर्ष भरी परिवारको छाक टार्ने मकै खेती नै होे ।
बाढीपहिरो लगाएत कारणले मकै उत्पादनमा गिरावट आएको उहाँको भनाई छ । त्यसैगरी नलगाड नगरपालिका ८, हलचौरका दानबहादुर खत्री मकैमा उत्पादन घटेको बताउनु हुन्छ ।
बर्ष भरि खाने मकै हो, यो पटक उत्पादन तेव्वरले घटेपछि खत्री परिवार चिन्तामा परेको छ । रोग किरा लागेर मकै उत्पादन राम्रो नभएको उहाँको भनाई छ ।


सिंह र खत्री त केहि उदाहरण मात्र हुन् । जिल्ला भर मकै खेती लगाएका कृषकहरु उत्पादन घटेपछि निरास भएका छन् ।
मुख्य बाली मकै उत्पादनमा कमी आएपछि स्थानीयलाई भोकमरीले सताउने भएको छ ।  जिविको प्रार्जनको मुख्य स्रोत मकैबालीलाई बनाएका स्थानीयहरु उत्पादन घटेपछि चिन्चित बनेका छन् ।
कोरना भाइरसका कारण लामो समयसम्म भएको लकडाउन र कमाइ गर्नेहरु सबै गाउँघरमै भएका रोजगारी पाउन सकिरहेका छैनन् ।
२० मुरी मकै पाउने फल्ने जमीनमा ५ मुरी पनि मकै उत्पादन घटेको नलगाड ४ का मोहन रावलले बताउनु भयो ।
मकै उत्पादन घटेको छ, बर्ष भरी केखाएर पालीने चिन्ता छ, रावलले भन्नु भयो ।
जाजरकोटमा बाढीपहिरो, सलह किरोको प्रकोप लगाएतले नोक्सानी गरेपछि मकै तथा धान उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताउनु भएको छ ।
१० हजार ८ सय ५० हेक्टर क्षेत्रफल जमीनमा गत बर्ष ३१ हजार ८ सय ४७ मेट्रीक्टन मकै उत्पादन भएको थियो भने यस वर्ष ३० हजार १ सय ५० मेट्रीक्टन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जाजरकोटमा १० हजार ८ सय ५० हेक्टरमा मकै खेती भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २१ कार्तिक २०७७, शुक्रबार ११:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *