हर्मनमाइनर विद्यालय सुर्खेतद्वारा विद्यार्थीलाई ट्यावलेट प्रदान

अनलाइन कक्षा संचालन गरिरहेको एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले विद्यार्थीलाई शैक्षिक सामाग्री (ट्यावलेट) बाँडेको छ ।


ट्यावलेट पाएका विद्यार्थीहरुले अनलाईन कक्षामार्फत सिक्नको लागि धेरै सजिलो हुने बताए ।
विद्यालयका प्रधानाध्यापक जगदीश ढकालले कमजोर आर्थिक अवस्था भएका जेहेन्दार २५ जना विद्यार्थीलाई सिम, डाटा प्याकेजसहितको ट्यावलेट दिएको बताए ।


एसओएस बालग्राम नेपालको कोभिड -१९ प्रतिकारात्मक कार्य अन्र्तगत शैक्षिक सिकाई क्रियाकलापलाई सहज र प्रभावकारी बनाउन ट्यावलेट वितरण गरिएको उनले बताए ।
शैक्षिक सामाग्री हस्तान्तरण गदै बीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले ट्यावलेटले अनलाइन कक्षामार्फत पढन कमजोर आर्थिक अवस्था भएका अव्वल विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


उनले लकडाउन लगत्तै विद्यालयले वैकल्पिक शिक्षण सिकाई अन्तर्गत अनलाईन कक्षा संचालन गदै प्रदेशमा अग्रणी र उदाहरणिय कार्य गरेकोमा खुलेर प्रशंसा समेत गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत ढकालले विद्यालयको शैक्षिक विकासको लागि सधै सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।


कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हरिरह बस्नेतलगायत शिक्षक कर्मचारीको सहभागीता रहेको थियो ।
कार्यक्रम विद्यालयका शिक्षक ललित सिजालीले गरेका थिए ।

प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार ०५:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *