काम गरेर मजदुरलाई छाँक टार्नै मुस्किल

पदम केसी
सुर्खेत
बीरेन्द्रनगर नगरपालिका सुर्खेतमा घर बनाउदै आएका मजदुरहरु बिहान बेलुका कसरी छाक टार्ने भन्ने चिन्न्तामा परेका छन।
उनिहरु बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म काम गछ्र्न। तर सोचेजस्तो पैसा नहुदा कसरी जीवन धान्ने भन्ने चिन्तामा छन् ।
राम्रो आम्दानी नहुँदा कोठाभाडा तिर्न र छोराछोरी कसरी पठाउने भन्ने चिन्ताले पनि सताउने गरेको कौशिला अधिकारी बताउँछिन।
जाजरकोटको शिबालय गाउपालिका घर भएकी उनी भन्छिन्, दिनभरी काम गर्दा ६ सय रुपैया हुन्छ त्यसबाट कसरी गुजरा चलाउने ?
उनी पाँच जनाको परिवार पाल्न निकै मुस्किल भएको बताउँछन ।


अर्का मजदुर बिनबहादुर बयरकोटी ज्यामी काम गरेर बिहान बेलुकाको घरखर्च जुटाउन नसकिने अवस्थामा पुगेको बताउँछन ।
लकडाउन भएकोले काम नपाएर हैरान भएका उनी दिनमा ८०० रुपैया कमाउछ्न।
उनले भने, पाँच वर्षदेखि टिनको छाप्रोमा बस्दै आएको छु कसरी छोराछोरी पढाउने हो कसरी बिहान बेलुकाको खाना जुटाउने ?
मान बहादुर चौधरी पनि कामको सिलसिलामा काठमाडौ, धादिङ , दोलखासम्म पुगेपनि गतिलो आम्दानी गर्न नसकेको बताउँछन ।
लकडाउन पछि झन समस्या भएको उनले बताए ।

प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार ०५:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *