बेवारिसे शव व्यवस्थापन र खाना खुवाउन विनोदको आर्थिक सहयोग

सुर्खेत
सुर्खेत वैदेशिक रोजगारमा रहेका युवा समाजसेवी बिनोद रावलले बेवारिसे शव व्यबस्थापनका लागि आर्थिक सहयोग गरेका छन् ।
मलेसियामा कार्यरत उनले बेवारिसे व्यबस्थापनका लागि ५००० र सडकमा खाना नपाएकाहरुलाई खाना खुवानका ५ हजार रुपैया गरी १० हजार रुपैया सहयोग गरेका हुन।
दुःखमा परेका नेपालीलाई साथ दिदै आएका उनी भन्छन, बेवारिसे ब्यवस्थापनमा सक्रिय सपनाको हौसला बढाउन आर्थिक सहयोग गञेको हुँ ।


सानै देखि समाजसेवामा क्रियाशिल उनले यसअघि थुप्रै दुःखी पीडितहरुलाइ सक्दो सहयोग गर्दै आएका छन।
सामाजिक अभियन्ता इशा गुरुङले आर्थिक सहयोग गरेकोमा विनोदलाई अभार व्यक्त गरेकी छन् ।

प्रकाशित मितिः १७ मंसिर २०७७, बुधबार ०५:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *