कुखुरा पालन व्यवसायबाट लोभलाग्दो आम्दानी

बद्री पन्त
जाजरकोट
गाउँघरमा रोजगारीको कुनै पनि अवर नपाएर दैनिक जसो युवाहरु बैदेशिक रोजगारीमा विदेश पलाइन भइ रहेका छन् ।
रोजगारीको खोजीमा युवाहरु खाडि मुलुक धाइरहेका बेला जाजरकोटमा भने एक युवाले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्न सफल भएका छन् ।
नलगाड नगरपालिका ३, टट्टाका दानीलाल पुनले कुखुरा पालन व्यवसाय गरेर लोभलाग्दो आम्दानी गर्न सफल हुनु भएको छ ।


यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यस पेशा प्रती पुनको आक्रसन बढेको हो । तीन बर्ष अघि १ सय ९० वटा कुखुरा पालन गरेर व्यवसाय थालेका पुनले अहिले एक हजार दुइ सय ५० वटा कुखुरा पालन गर्नु भएको छ ।
चितवनबाट हाइलाइन जातको लेस कुखुरा ल्याएर व्यवसाय थालेका पुनले अण्डा विक्रीबाट मासिक ४५ हजार आम्दानी गर्दै आउनु भएको छ ।
बजारमा अण्डाको माग धेरै रहेको र एक क्यारेड अण्डा चार सय देखि पाँच सय रुपैंयामा विक्री हुने गरेको उहाँले बताउनु भयो ।
भेरी नगरपालिका ३ स्यालामा निजी लगानीमा एकता पोल्टी फर्म सन्चालनमा छ । सुरुमा ३ लाख लागतमा व्यवसाय थालेको र अहिले २० लाख लागतमा व्यवसाय सन्चालनमा छ । यसबाट राम्रो आम्दानी भइ रहेको छ,।
बिदेशमा गएर अर्काको काम गर्नु भन्दा आफ्नै गाउँघरमा रोजगारी गरेर मनग्य आम्दानी लिन सकिने उहाँको सुझाव छ ।


यस व्यवसायबाट घर व्यवहार चलाउन र छोराछारीलाई पढाउन सजिलो भएको पुनको श्रीमती विमाले बताउनु भयो । अन्य पेसा भन्दा कुखुरा पालन व्यवसाय सहज भएको र आम्दानी राम्रो भएको उहाँको भनाइ छ ।
कुशे लघु घरेलु सहकारी संस्था लिमिटेड जाजरकोटकी अध्यक्ष शीला बिश्वकर्मले गाउँघरमै रोजगारीका प्रसस्तै सम्भावना भएको बताउदै वास्तविक व्यवसाय गर्नेहरुले सरकारी अनुदान पाउँन नसकेको र यसका लागि सरकारी अनुदान व्यवस्था गरेर वेरोजगार युवाहरुलाई रोजगारी सिर्जना गर्नु पर्ने उहाँको भनाइ छ ।
गाउँघरमा रोजगारीका धेरै राम्रा सम्भावना भएर पनि कमैले मात्र रोजगारी गरेको पाइन्छ । मेहनत गरे गाउँघरमै सुन फलाउन सकिन्छ ।

प्रकाशित मितिः १ पुष २०७७, बुधबार ०६:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *