सामाजिक अभियन्ता चेतबहादुर रावल चर्चितले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरेका छन् ।
बैदेशिक रोजगारीमा कार्यरत नलगाड नगरपालिका -४, लहँका रावलले धुमुर्ससुन्तली फाउण्डेसनले थालेको अभियानमा साथ दिदै पाँच हजार रुपैया सहयोग गरेका हुन ।
सानैदेखि सामाजिक सेवामा निकै सक्रिय उनले यसअघि नलगाडबासीको लागि एम्वुलेन्स किन्ने अभियान चलाउनुको साथै आर्थिक सहयोग पनि गरेका थिए ।
समस्या परेका हरेका व्यक्तिलाई सक्दो सहयोग गरिरहेका उनले क्रिकेट रंगशाला नेपाल र नेपालीको गैरवको विषय भएकोले सक्दो सहयोग गर्न पनि आग्रह गरेका छन् ।
अर्काको देशमा गएर पनि आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नु पर्छ भन्ने मान्यता राख्ने उनी धेरैको लागि प्रेरणाका पात्र र मार्गदर्शक हुन ।
यसअघि बैदेशिक रोजगारीमा रहेका जाजरकोट नलगाडका युवा विनोद रावल र कृष्ण थापाले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि १० १० हजार रुपैया सहयोग गरेका थिए ।