सुर्खेत
नेपाल ट्ेड युनियन कांग्रेस सुर्खेतको आयोजनामा मोटरसाइकल तथा अटोरिक्सा मर्मत सम्बन्धि तालिम शनिबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ ।
जापानीज इन्टरनेशनल लेबर फाण्डेशन (जिलाफ) को सपोर्टिंग ग्रासरुट एक्टिभीटी कार्यक्रम अन्तर्गत युवाहरुलाई स्वरोजगार एवं आत्मनिर्भर बनाई दैनिक जीवनस्तर उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
४० जनाको सहभागिता रहेको तालिमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले वीरेन्द्रनगरबाट र जिलाफका उपमहासचिव तोषी साइतोले जापानबाट संयुक्त रुपमा गर्नु भएको हो ।
पूर्व गरिवी निवारण मन्त्री समेत रहेका नेता थानीले निरपेक्ष गरिवीको रेखामुनी रहेका अति विपन्न परिवारलाई आयआर्जनका लागि सीप नसिकाउँदासम्म जिल्ला र प्रदेशको मात्र नभई सिंगो देशकै गरिबी निवारण नहुने बताउनुभयो ।
तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा आर्थिक हिसावले गरिब र कमजोर रहेको कर्णाली प्रदेशको गरिवी निवारणका लागि प्रत्येक घरका कम्तिमा एक जना सदस्यलाई सीप सिकाए मात्र आत्मनिर्भर एवं स्वावलम्बी बनाउन सकिने उहाँको भनाई थियो ।
न्यूनतम आधारभूत आवश्यक्ता समेत पाउनबाट वञ्चित कर्णालीका नागरिकलाई स्वरोजगार वा आर्थिक उपार्जनका काममा लगाउनका लागि सीपमूलक तालिमको आवश्यक्ता टड्कारो रहेको थानीले उल्लेख गर्नुभयो ।
यस्तै जिलाफका उपमहासचिव साइतोले कोभीड १९ का कारण विश्वभरी नै रोजगारी र आयआम्दानी गुमाउनुपर्ने अवस्था आइरहेका सीपमूलक तालिमबाट आत्मनिर्भर हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कोभीडको महामारीमा आपूm र आप्mनो परिवारको स्वास्थ्यका साथै आर्थिक आम्दानीका विषयमा पनि उत्तिकै चिन्तित र जिम्मेमवारी हुनुपर्ने उहाँको सुझाव छ ।
टेड युनियनका जिल्ला अध्यक्ष गणेशकुमार कार्कीले जिलाफको साग्रा कार्यक्रमअन्तर्गत पहिलो पटक सीपमूलक तालिम आयोजना गरिएको जानकारी दिंदै पहिलो तालिम उपलब्धिमूलक भए अन्य किसिमका सीपमूलक तालिमको पनि आयोजना गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा टे्ड युनियनका केन्द्रिय महासचिव योगेन्द्र कुँवर, उपमहासचिव गणेश केसी, केन्द्रिय सदस्य जयबहादुर बुढा प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीलगायतले भनाइ राख्नुभयो ।