घरदैलोमै निःशुल्क विशेषज्ञ सेवा पाउँदा कुशेबासी खुशी

जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकाको भार्मामा गरिएको स्वास्थ्य शिविरमा चार सय भन्दा बढीको निःशुल्क उपचार गरिएको छ ।
लाइन्स क्लव अफ जाजरकोट कुशेले आयोजना गरेको बाल रोग तथा स्त्री रोग सम्वन्धी शिविरमा बालबालिका र महिलाले उपचार सेवा पाएका छन् ।
घरदैलोमै विशषज्ञ सेवा पाउँदा आफुहरु निकै खुशी भएको उपचारमा आएका महिला तथा बालबालिकाहरुले बताए ।


शिविरमा महिला पाठेघर खस्ने, दम, कुपोषण, फोक्सो र मुटु तथा बालबालिकामा कानको संक्रमण, कानको जाली फुटेका, दीर्घ मुटुरोगी, कुपोषण, छाला सम्वन्धी समस्या बढी देखिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए ।


उनले अटिजम भएका, कानका जाली फुटेका बालबालिका र पाठेघर खेसेर महिलालाई सुर्खेतमा ल्याएर निुःशल्क उपचार गर्ने पनि बताए ।


प्रदेश अस्पतालमा कार्यरत वालरोग विशेषज्ञ डा. केसीले बालरोग महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन सके मात्रै समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।


पूर्वाधारलाई मात्र विकास मानिदैन्, उनले भने, मानिसलाई स्वच्छ राख्न सके आधा समस्या आफै समाधान भएर जान्छन् ।
उनले आफ्ना गाउँपालिका भित्रका जनताको स्वास्थ्यमा विशेष रुची राख्न र उपचारमा सहयोग गर्न पनि गाउँपालिकाका अध्यक्षलाई सुझाव दिए ।
डा. केसीले कुशे गाउँपालिकामा चाडै नै टेलिमेडिसिन सेवा संचालन गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आर्थिक अभावले गर्दा उपचारको लागि सुविधायुक्त अस्पताल र विशेषज्ञ डाक्टरसम्म पुग्ने नसक्ने विरामीका लागि शिविर निकै लाभदायी भएको बताए ।
उनले उपचारको लागि जान आउन लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने पनि बताए ।
अध्यक्ष बस्नेतले दुर्गम गाउँका जनतालाई विशेषज्ञ सेवा दिन टेलिमेडिसिन सेवा संचालनमा ल्याउने प्रतिवद्धता समेत जनाए ।
शिविर उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका महासविच तथा लाइन्स क्लव अफ सुर्खेत गढीको अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीबासीलाई समृद्ध र सुखी बनाउन सवैभन्दा पहिले उनीहरुको स्वास्थ्यमा सुधार ल्याउनु पर्ने बताए ।


लाइन्स क्लवको डिस्टीक कोडिनेटर टीकाराम चपाईले आगामी दिनमा पनि दुर्गम गाउँमा स्वास्थ्य शिविर संचालन गर्ने बताए ।
लाइन्स क्लव अफ जाजरकोट कुशेका अध्यक्ष नवराज शाहीले कुशेबासीलाई घरआगनमै विशेषज्ञ सेवा दिन निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए ।


शिविरमा वालरोग विशेषज्ञ डा. प्रदीप पौडेल, मेडिकल अधिकृत सुभेक्षा वाइवा र ज्योति गिरीले स्वास्थ्य चेकजाँच गर्नुको साथै विरामीको उपचार गरेका थिए ।
डिस्टीक ३२५ बिटु एरिया ६ को एरिया चिफ हरिहर वस्नेतको समन्वयमा शिविर संचालन भएको थियो ।
लाइन्स क्लव अफ कुशेले टेलिमेडिसिन सेवा संचालन, एम्वुलेन्स किन्ने बताएको छ ।

प्रकाशित मितिः ६ पुष २०७७, सोमबार १३:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *