देवकोटासहित सुर्खेतबाट झण्डै एक दर्जन नेकपा केन्द्रीय सदस्य

सुर्खेत
नेकपा सुर्खेतका युवा नेता कुलमणी देवकोटा नेकपा ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
उनीसँगै सुर्खेतबाट स्वास्थ्य राज्यमन्त्री नवराज रावत, वालाराम शर्मा, जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति वालकृष्ण विसी, राष्टिय सभा सदस्य सुमित्रा विसी, प्रदेश सभा सदस्य राजु गुईदेल, चूडामणि शर्मा लगायत झण्डै एकदर्जन नेताहरु ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।


यस्तै कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका पूर्वमाओवादी सांसद ठम्मर विष्ट, धर्मराज रेग्मीलगायत पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
मंगलबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

प्रकाशित मितिः ८ पुष २०७७, बुधबार ११:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *