व्यवसायमा बदल्दा जीविकोपार्जन गर्न सजिलो

सुर्खेत
बालीघरे प्रथाको रुपमा रहेको फलामका औजार बनाउने आरन व्यवसाय पछिल्लो समय कर्णालीका धेरैजसो दलित परिवारको लागि स्वरोजगारको भरपर्र्दो माध्यम बनेको छ ।
कुनै समय आफ्नो सीप र श्रमलाई अन्नवालीमै बेच्न बाध्य उनीहरु अहिले अन्नको साटो पैसा लिँदा जीविकोपार्जन गर्न सजिलो भएको बताउँछन् ।
उनीहरुले विशेषगरी किसानलाई घाँसदाउँदा काटन, खेतवारी खनजोत गर्न चाहिने हसियाँ, कुटो, कोदालो, फरुवा, बन्चरोजस्ता फलामका विभिन्न औजार बनाउँछन् ।
आफ्नो पुर्खेली सीपलाई व्यवसायिक बनाएर जीवनस्तरमा परिवर्तन ल्याउन सफल कर्मयोगीहरुको बताउँछन् ।
बाबु–बाजेले वालीघरे रुपमा काम गदै आएको आरनलाई व्यवसायिक रुपमा अघि बढाउँदा उनीहरुलाई स्वरोजगार वन्ने बाटो खुलेको छ ।


गाउँमा श्रमले उचित मूल्य नपाएको ठानेर मुगुबाट आएर ६ बर्षदेखि सुर्खेत बीरेन्द्रनगरमा आरन संचालन गरेका रनक कामी अनाजको साटो पैसा लिन थालेपछि जीवन धान्न सजिलो भएको बताउँछन् ।
आरनलाई व्यवसायिक रुपमा अघि बढाउँदा घरव्यवहार धान्न र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन पुगेको जाजरकोटका सर्वजीत कामी बताउँछन् ।
आरन उद्योगबाट गतिलो आम्दानी गरिरहेका सुर्खेतका पूर्णबहादुर विश्वकर्माकी श्रीमति डिलसरा विक वालीघरे काम छाडेर आरन उद्योग संचालन गर्दा आम्दानीसँगै जीवनस्तर पनि सुघ्रिएको अनुभूति सुनाउँछिन् ।
बालिघरेको काम छोडेर आरनलाई उद्योगको रुपमा अघि बढाएर आम्दानीसँगै जीवन पनि वदल्न सफल उनीहरु अहिले पनि अनाजसँग सीप साटेर गुजारा चलाइरहेका व्यक्तिहरुलाई आफ्नो सीपलाई व्यवसायमा बदल्न सुझाव दिन्छन् ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसले रोजगारी गुमाएर धेरैले आर्थिक संकट भोगिरहेको बताइरहँदा उनीहरु भने महामारीमा पनि आफुहरुले खासै आर्थिक संकटको सामना गर्नु नपरेको दावी गर्छन ।

प्रकाशित मितिः १२ पुष २०७७, आईतवार ०६:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *