वडाध्यक्ष खत्रीले दिए वडालाई जग्गा

बद्री पन्त
जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका १२ का वडाध्यक्ष लालबहादुर खत्रीले वडा कार्यालय भवन निर्माणका लागि एक रोपनी जग्गा प्रदान गर्नु भएको छ ।
खत्रीले भेरी कोरीडोर मार्ग अन्तर्गत तल्लुबगरमा रहेको १५ लाख मुल्य पर्ने जग्गा वडालाई दिनु भएको हो ।
वडा कार्यालयको भवन निर्माण गर्न जग्गा अभाव भएपछि आफुले जग्गा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताउनु भयो ।


जग्गा उपलब्ध भएपछि अहिले ५७ लाख लागतमा ६ कोठे वडा भवन निर्माणको काम अगाडि बढेको वडा अध्यक्ष खत्रीले भन्नु भयो ।
वडाको भवन नहुदा तीन बर्षदेखि घर भाडामा लिएर वडाको दैनिक कामकाज सन्चालन गर्नु परेको अध्यक्ष खत्रीको भनाई छ ।
असारसम्म भवन निर्माण सक्ने गरी काम तिब्र गतीले अगाडि बढेको छ । भवन निर्माण भएपछि वडाको दैनिक सेवा प्रवाहमा सहजता आउनुको साथै स्थानीयलाई सहज सुविधा पुग्ने वडा अध्यक्ष खत्रीको भनाई रहेको छ ।

प्रकाशित मितिः १७ पुष २०७७, शुक्रबार ०५:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *