बद्री पन्त
जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका लहँ -५, कालीमाटी देखि बारेकोट गाउँपालिका ९, सक्लाको ध्यापाटाकुरा जोड्ने २४ किलोमीटर दुरीको पहु“च मार्ग सडक निर्माणको काम सकिएको छ ।
४ सय १७ मेघावाट नलसिंहगाड जलविद्युत कम्पनीको बाधस्थल ध्यापाटाकुरा जोड्ने पहु“च मार्ग सडक हो ।
सडक निर्माण भएपछि यातायातका साधन सन्चालनमा आएका छन भने स्थानीयबासी निकै हर्षित भएका छन ।
सडक निर्माणको काम सकिएपछि यातायातका साधन सन्चालनमा आएका छन् । पहिले मान्छे हिड्नलाई साँघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो । यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौं ।
यातायातको पहुँच पुग्यो हामी निकै खुसी छौ । आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वषौंदेखिको सपना पुरा भएको नलगाड ५, रघुनाथकी कमला वलीकोे भनाई छ ।
घर आँगनमै मोटर बाटो आउछु भने कल्पना समेत गरेका थिएनौ, मोटर गुड्न थाल्यो ।
घरबाट कालीमाटी बजार जाना ५ घण्टा बढी समय हिडेर जानु पथ्र्यो अहिले एक आधा घण्टामै पुगिन्छ जसले गर्दा बजारजाना आउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको नलगाड ५ भण्डारीगाउँकी राधीका खत्रीले बताउनु भयो ।
यो सडक निर्माण भएपछि नलगाड ४ र ५ का कालिमाटी, रानीखेत, घुवार, पिपलचौर रघुनाथ, खनटाकुरा, पोखरा, मुली, पारीगाउँ, भण्डारीगाउँ, सिर्के, लविसा, ऐराडि, गर्छीना तथा बारेकोटको सक्ला, नायकबाडा, रोकायगाउ, रामीडाडा लगाएत स्थानका स्थानीयलाई सदरमुकाम खलंगा, दल्ली, कालीमाटी लगाएत क्षेत्रमा आवतजावत धेरै सहज भएको स्थानीयको भनाइ छ ।
सडक निर्माण भएपछि विकास निर्माण सामग्री तथा दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न सहज भएको छ । पहिले असुविधा थियो अहिले सहज सुविधा भएको नलगाड ५ पोखराका हेमबहादुर कुसारीको भनाइ रहेको छ ।
नलसिंहगाड जल विद्युत कम्पनीका साइट इन्जिनियर पदमबहादुर थापाले पहुँच मार्ग सडक निर्माणको काम सम्पन्न भएको बताउनु भयो ।
पहु“च मार्ग लगाएत अन्य पूर्वाधार निर्माणको काम पुरा भएपछि नलसिंहगाड जल विद्युत निर्माको ढोका खुल्ने थापाले बताए ।
पहुँच मार्ग निर्माणको जिम्मा गोल्डेन गुड्स सेर्पा कन्ट्रक्सन प्रा लि २१ करोड लागतमा निर्माण कार्य तोकेको समय अगावै सम्पन्न गरेको हो ।
पहँच मार्ग निर्माण भएपछि नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकाका बासिन्दालाई सहज सुविधा पुगेको छ ।
अहिले कालिमाटी देखि बारेकोट लिम्सासम्म यातायातका साधनहरु सन्चालनमा आएका छन ।
पहँच मार्ग सडक निर्माण भएपछि नलगाड कम्पनीको कामले गती लिने बताइएको छ । सडक सञ्जाल नजोडिएको बारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिएको छ ।
साथै दुर्गम गाउँहरुमा दैनिक उपभोग्य मालसामान ढुवानी गर्न धेरै सहज सुविधा पुगेको छ । दुई तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्नुपर्ने वाध्यतामा रहेका वारेकोटवासी गाडी पुगेपछि निकै खुसी भएका छन् ।
भौगोलिक विकटता, गरिवी र सधैं खाद्य संकट व्यहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यन्न ढुवानीमा सहजता आएको छ । जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटी, सिर्के, सक्ला, लिम्साहुँदै घाट बजारसम्म नियमित यातायात सेवा सन्चालनमा आएको छ ।
गोल्डेन गुड्सले बनाइदियो घर
४ सय १७ मेघावाट नलसिंहगाड जलविद्युत कम्पनीको बाधस्थल ध्यापाटाकुरा जोड्ने पहु“च मार्ग सडक निर्माण गरेको निर्माण व्यवसायी हो गोल्डेन गुड्स सेर्पा कन्टक्सनले नलगाड ४ पिपलचौरका मकबहादुर सिंहको घर निर्माण गरिदिएको छ ।
सडक छेउमै रहेको जिर्न घर ४ लाख खर्च गरेर बनाइदिएको गोल्डेन गुड्स सेर्पा कन्टक्सनका साइट इन्चिार्ज उदय श्रेष्ठले बताउनु भयो । सडक निर्माण संघै सामाजिक काम गर्नु धर्म भएको उहाँले बताउनु भयो ।
ठेकेदारले घर बनाइ दिनु भयो मकबहादुरले भन्नु भयो । गरिवको कल्यान गर्नु भयो, घर बनेपछि ७ जनाको परिवारलाई बस्न धेरै सहज भएको छ, सिहले भन्नु भयो ।
व्यवसायीले जन कल्यान आधारभुत विद्यालयको भवन निर्माणमा २ लाखको सहयो गरेका छन् ।