उधारोमा घर निर्माण

संघीय सरकारले वजेट नपठाउदा २ सय घरले जनता आवास रकम पाएनन्
बद्री पन्त
जाजरकोट
जाजरकोट जिल्लामा घर निर्माण गरेका दुई सय घर परिवारले जनता आवासको रकम नपाएको गुनासो गरेका छन् ।
गत असारमै घर निर्माण गरि सकेका उनीहरुले आठ महिना वितिसक्ता पनि संघीय सरकारको ढिलासुस्तीका कारण रकम पाउन नसकेका हुन् ।
गत असारमै घर निर्माण गरका बारेकोट गाउँपालिका ५, भैलोखानाका चन्द्रबहादुर परियारले आठ महिना वितिसक्ता पनि घर निर्माणको रकम पाउँन सक्नु भएको छैन ।
त्रृणदाम गरेर घर बनाएको र लामो सयम भइसक्ता पनि घर निर्माणको रकम नपाएको परियारको गुनासो छ ।
जनता आवासको रकम पाउने आसमा घर बनाएका नलगाड नगरपालिका ७, दल्लीका बले बादी अहिले रकम नपाउदा निरास देखिनु भएको छ ।
सरकारले गरिवलाई पैसा नदिएर धोका दिएको उहाँको भनाइ छ । चन्द्र र बले त केहि प्रतिनिधी उदाहरणका पात्रमात्र हुन ।


उनीहरु जस्तै घर निर्माण गरिसकेका दलित, विपन्न, लोपोन्मुख तथा सीमान्तकृत समुदायले आवास निर्माणको रकम पाउन नपाएको बारेकोट ५ भैलाखानाकी रती परियाको गुनासो छ ।
घर निर्माणका लागि प्रत्येक परिवारले तीन लाख ५० हजार रकमबाट दुई कोठा सहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरेका छन् ।
कूल रकमको १० प्रतिशत खर्च लाभग्राहीले व्यहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ । स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीसँग आवास निर्माणका लागि सम्झौता भएको थियो ।
आर्थिक बर्ष ०७६÷०७७ को संघीय सरकारले २ सय घर निर्माणका लागि प्रदेश सरकार मार्फत ७ करोड वजेट विनियोजन गरेको थियो ।
भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख बीरबहादुर रावलले संघीय सरकारले बजेट पठाउन ढिला गरेको कारण घर निर्माण गरी सकेका स्थानीयलाई रकम वितरण गर्न ढिलाई भएको बताउनु भएको छ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भौतिक पूर्वाधार विकास कार्यालयको ढिलासुस्ती तथा चरम लापराहीका कारण लामो समयसम्म पनि जनता आवासको रकम घर बनाइ सकेका स्थानीयले नपाउनु दुखद भएको बताउनु भयो ।
तीन नगरपालिका र चार गाउँपालिका गरेर ७ स्थानीय तह भएको जाजरकोटमा प्रत्येक स्थानीय तहमा २५ देखि ४० घर निर्माण गरिएको छ ।

प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार १४:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *