खलंगा–रिम्ना सडक कालोपत्रेको काम शुरु

बद्री पन्त
जाजरकोट
जाजरकोट – डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गतको खलंगा पासागाड देखि रिम्नासम्मको सडक खण्ड स्तरोन्नति तथा कालोपत्रेको काम अगाडि बढेको छ ।
१६ किलामीटर दुरीमा कालोपत्रे काम अगाडि बढेपछि स्थानीयलाई आवतजावतमा सहज हुनुको साथै धुलोको सास्ती हट्ने भएको हो ।
खलंगा रिम्ना सडक ट्रयाक खोलिएको १२ बर्ष पछि स्तरोन्नती तथा पिचको काम थालिएको छ ।
हिउदमा धुलाम्मे तथा बर्खामा हिलाम्मे हुने सडकका कारण स्थानीयले संधै हैरानी ब्यहोर्दै आएका थिए ।
सडक निर्माणको काम अगाडि बढेपछि ठुलो संख्या स्थानीय मजदुरहरुले काम पाउनुको साथै रोजगारी पाएको भेरी नगरपालिका १ पिपेका भीमबहादुर रानाले बताउनु भयो ।
कामको खोजीमा जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो सडक निर्माणले बेराजगारीलाई रोजगारी मिलेको पिपेका हेमन्द बस्नेतको भनाइ छ ।


अहिले पासागाड, इउरी, फुबारी, कालेगाउँ, रावतगाउँ, पिपे, सालघारी, रिम्ना लगाएत स्थानमा धमाधम काम भइ रहेको छ ।
सडक कडा चट्टान फोड्ने, सडक चौडा गर्ने, नाली निर्माण, माटो कटिङ्ग, मेसनरी वाल लगाउने लगाएत काम भैइ रहेको दिवा–यती विल्डर्स जे.भीका साइट इन्चार्ज लक्ष्मण खतीवडाले बताउनु भएको छ ।
३ बर्ष भित्रमा निर्माण सक्ने गरी तिव्र गतीमा काम भइ रहेको छ, उहाँले भन्नु भयो ।
साघुरो सडकको कारण सडक दुर्घटनाको जोखिम हट्नुको साथै स्थानीयलाई सहज सुविधा पुग्ने बारेकोट गाउँपालिका ९, सक्लाका धुब्र गौतमले बताउनु भयो ।
सडकको पिपे सालघारीमा १ किलोमिटर स्थान परिवर्तन गरेर माथिको भागबाट सडकको सिधा तथा छोटो दुरी कायम गरिएको छ ।
रिम्ना र पिपेको विचको कडा चट्टान फुटाउने काम भइ रहेको छ ।
सडकको स्तरोन्नति तथा कालोपत्रेको काम हुने भएपछि सवारी दुर्घटनामा कमी आउनुको साथै यातायात सन्चालनमा सहज हुने देखिन्छ ।
कच्ची सडक खाल्डाखुल्डी लगाएत कारण आवजावतमा निकै कठिन हुने गरेको थियो ।
दिवा–यती विल्डर्स जे.भी साखदोवाटो ललितपुरले ५१ करोड लागतमा सडकको स्तरोन्नती तथा कालोपत्रको जिम्मा लिएको छ ।
व्यवसायीले ३ बर्षमा सडकको १६ किलामीटर दुरी कालोपत्रे गर्ने कार्य तोकेको समय अगावै सम्पन्न गर्ने गरी काम गर्दै आएको छ ।
सडकको कुल चौडाइ ९ मिटर छ । पासागाड देखि रिम्नासम्म सडक छेउछाउमा पर्ने घरको मुआव्जा वितरण प्रक्रीया अघि बढाएको सडक डिभीजन कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।
जाजरकोट – डोल्पा १ सय १७ किलोमिटर मोटरबाटो नेपाली सेनाले निर्माण गरेको हो । यो सडकको विभिन्न नदी तथा खोलामा दर्जन बढी मोटरेवल पुल निर्माण गर्नु पर्ने छ ।

प्रकाशित मितिः २४ पुष २०७७, शुक्रबार ०७:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *