सुर्खेत
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत बाल संरक्षण अधिकृत डम्बर बहादुर रोकायले स्वर्गिय आमाको सम्झनामा मानवसेवा आश्रम सुर्खेतलाई सहयोग गरेका छन् ।
आमाको सम्झनामा उनले मानब सेवा आश्रमका मानिसलाई एक छाक भोजनमा ६ हजार ५ सय सहयोग गरेका छन् ।सामाजिक सेवामा क्रियाशिल रोकायले फजुल खर्च बचाएर आमाको नाममा मानब सेवा आश्रमलाई सहयोग गरेको बताए ।
मानवसेवा भन्दा ठुलो अरु कुनै सेवा छैन्, उनले भने, फजुल खर्च गर्नु भन्दा यसलाई मानव हितमा खर्च गर्दा राम्रो हुन्छ ।अधिकृत रोकायले सहयोगको अवसर प्रदान गर्ने मानव सेवा आश्रमप्रति हृदय देखि आभार समेत व्यक्त गरे ।
उक्त अवसरमा मानव सेवा आश्रम सुर्खेतका प्रमुख सृजना ओलीले मानव सेवाको लागि रोकायले गर्नु भएको सहयोग र दिनु भएको साथ अतुलनिय रहेको भन्दै धन्यवाद व्यक्त गरेकी छन् ।
मानव सेवा आश्रममै पुगेर रोकायकी धर्मपत्नी र दुईछोरीले पनि आश्रमका मानिसलाई भोजन गराएका थिए ।