पदम केसी
सुर्खेत
सन् नेपाल लाइफ इन्स्योरेन्स सुर्खेतले गुर्भाकोट नगरपालिका ८ कि खिमा केसीलाई जीवन बिमा कार्यक्रम मार्फत १,८०,००० रुपैया प्रदान गरेको छ ।
गुभाकोट ८ का वडाध्यक्ष चित्र बहादुर रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनलाई चेक हस्तान्तरण गरिएको इन्स्योरेन्सका सुर्खेत प्रतिनिधी गगन रानाले बताए ।
इन्स्योरेन्सका कर्मचारीहरु केसीको घरमा पुगेर औपचारिक कार्यक्रम गरी उक्त चेक हस्तान्तरण गरिएको पनि उनले बताए ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी कार्यक्रम अन्तर्गत किरिया खर्च ५०,००० र शिक्षामा १,३०,०० गरि १,८०,००० को चेक हस्तान्तरण गरेको गुर्भाकोट नगरपालिका शाखाका शाखा प्रमुख हरिप्रसाद रेग्मीले बताए ।
सन् नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक सहयोग गरेर धेरै राम्रो काम गरेको वडाध्यक्ष चित्र बहादुर रेग्मीले बताए । १,८०,००० रुपैया पाएपछि पिडित खिमा केसीले खुसी व्यक्त गरिन् ।