पदम केसी
सुर्खेत
गुर्भाकोट नगरपालिका मेहेलकुनामा बोक्चो ओली करिब २९ वर्ष देखि कष्टकर जीवन बिताइरहेका छन । पुर्खेली घर सल्यान थारमारे भएका उनी कामको खोजीमा भारतको देरादुन गएको बेलो करेन्ट लागेर अपाङ्ग बन्न पुगेका थिए ।
कामको खोजीमा देरादुन पुगेको थिए, उनले भने, काम नपाउँदै ११ हजार बोल्टेजको करेन्टले छोयो । अहिले छोराले आफ्नो स्याहार सुहार गर्दै आएको बताउने ओलीसँग न आफ्नो घर छ न त राम्रोसँग साँझ बिहान छाक टार्ने उपाया नै ।

उनलाई दाल,चामल, नुन, तेल जस्ता खाध्यान्न सामाग्रीहरु कहिले काहीँ छिमेकोले दिदै आएका छन् । एउटा चर्चले निर्माण गरिदिएको घरमा बस्दै आएको बताउने उनी श्रीमतिले पनि १४ वर्ष अघि छोडेर गएको बताउँछन्।
हात खुट्टा गुमाइसके पछिको सहारा छोरा बनेको छ, उनले भने । उनी बिहान ८ बजे दखि बेलुकी ६ बजे सम्म एक्लै घरको कोठाको भित्तामा बसिरहने र छोरा आए मात्र एता उता लैजाने गरेको उनले बताए ।
आफ्नो आर्थिक अबस्था कम्जोर भएको र आफू सक्त अपाङ्ग भएर जीवन बिताउँदाको पीडा मनमा लुकाएर बस्न बिबश भएको पनि उनले बताए । उनले आफुलाई सहयोग गर्न पनि सवैसँग अपिल गरेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत गगन रानालगायतका कर्मचारीहरुले भेटेर केही सहयोग गरेपछि भने उनले खुशी व्यक्त गरे ।