पदम केसी
सुर्खेत वैदेशिक रोजगारमा कार्यरत जाजरकोट नलगाड- ४, का युवा विनोद रावलले १२ विद्यार्थीलाई पोशाकलगाएका शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
नलगाड- ४, मा सेराखेतमा रहेको जनकल्याण आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई उनले शैक्षिका माग्री सहयोग गरेका हुन ।
बिनोदको पहल र अगुवाईमा आर्थिक संकलन गरी शैक्षिक सामाग्रीका साथै खाद्यान सामाग्री पनि सहयोग गरिएको छ ।
उनको अभियानलाई साथ दिदै इजराइलमा कार्यरत सुनिता गुरुङले ५०००, कृष्ण थापाले ४०००, चेत बहादुर रावल चर्चितले ३००० र बिबेक मगरले १५०० सहयोग गरेका थिए ।
१२ जना विद्यार्थीलाई चामल २ कठ्ठा, दाल ४ किलो, कापी ५ दर्जन, कलम २४ पिस गरी १७,५०० रुपैयाँको सामाग्री नगर प्रमुख टेकबहादुर रावलले विद्यार्थीलाई हप्तान्तरण गरेको मदन रावलले बताए ।
बिनोदले विगतदेखि नै धेरै दुःखी पिडितहरुलाई सहयोग गदै आएका छन् । यस्तै समाजसेवी गुरुङले पनि धेरै दुःखी पिडितको उदार गर्दै आएकी छन।