सुर्खेत
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले संस्थाका केही जिम्मेवार व्यक्तिहरुले भ्रम सृजना गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
संस्थाका अध्यक्ष कुलमणी देवकोटाले शुक्रबार विज्ञप्ति मार्फत आम उपभोक्ताहरु र सरोकारवाला निकायमा भ्रम सृजना गर्ने कार्यप्रति गंभीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
संस्थामा आर्थिक अनियमितता भन्दै संस्थाका जिम्मेवार पदाधिकारीहरुवाट केही दिन अघि जारी गरिएको विज्ञप्तिको खण्डन गर्दै उनले संस्थाको सम्पुर्ण आम्दानी संस्थाको मुल खातामा जम्मा हुने र सो खाता अध्यक्ष र कोषाध्यक्षको संयुक्त दस्तखतबाट संचालन हुने र त्यस खाताबाट संचालन खातामा निकासा गर्ने बाहेक अन्य कुनैपनि खर्च गर्ने अधिकार अध्यक्षलाई नभएको प्रष्ट पारेका छन् ।
विज्ञप्तिमा संस्थाको सम्पुर्ण खर्च संचालन खाताबाट गरिने र सो खाता कार्यालय प्रमुख र लेखापालको संयुक्त दस्तखतबाट संचालन हुने संस्थाको बैधानिक व्यवस्था रहेको पनि उल्लेख गरिएको छ ।
संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले संस्थाको मूल खाताबाट संचालन खातामा रकम निकासा गर्ने चेकमा दस्तखत नगरिदिएका कारण संस्थामा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब समेत खान नपाएको बताएको छ ।
आयोजना निर्माण गर्दा संस्थाले नगर विकास कोषबाट लिएको ऋणको साँवा व्याज समेत समयमा भुक्तानी गर्न नसकिएको र यस्ता गतिविधीले संस्थाले व्याजको ठूलो आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सृजना भएको पनि बताएको छ ।
विज्ञप्तिमा संस्थाका कोषाध्यक्षले रकम निकासा गर्न नमान्ने र संस्थाका सचिब चन्द्रबहादुर सुनारले कर्मचारीको हातबाट संस्थाको वैठक पुस्तिका खोसेर लगेर आफ्नो घरमा राख्ने जस्ता गैरजिम्मेवार कार्य भैरहेकोले संस्था संचालनमा कठिनाई उत्पन्न भएको उल्लेख गरिएको छ ।
संस्थाको वैठक पुस्तिका सचिबले जवरजस्ती खोसेर लगेको भनि कर्मचारीबाट गत फाल्गुन ९ गते लिखित निवेदन आए पश्चात संस्थाको तर्फबाट सचिवलाई टेलिफोन गरि वैठक पुस्तिका संस्थामा ल्याउन अनुरोध गर्दा पनि बैठक पुस्तिका फिर्ता नगरेको समेत बताएको छ ।
यसले गर्दा संस्था संचालनमा वाधा पुगेकाले गत फाल्गुन ९ गते संस्थाको निर्णय पुस्तिका फिर्ता ल्याउने व्यवस्था मिलाईदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई अनुरोध समेत गरिएको छ ।
कर्मचारीहरुले पारिश्रमिक नपाएका कारण संस्थामा हडताल गर्ने र सेवा नै प्रभावित हुने अवस्था सृजना भएको पनि भएको छ ।
विज्ञप्तिमा संस्थाको विधि, विधान र प्रचलित कानुन अनुसार चलेको संस्था र यससँग जोडिएका व्यक्तिहरुको गरिमामाथि आँच आउने गरि पदाधिकारीहरुवाट सार्वजनिक गरिएको अपिल दुरासययुक्त निराधार, कपोकल्पित र निन्दनीय भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रवाह गरिने सेवालाई उच्च स्थानमा राख्दै सदाझै उपभोक्ताहरुले गरेको विश्वासका आधारमा विचलित नभई निःस्वार्थ सेवाका भावले कार्य संचालन गरिरहने अठोट व्यक्त गर्दै संस्थालाई अप्ठयारो पर्ने र यसको गरिमामाथि आँच आउने कुनैपनि क्रियाकलापहरु नगर्ने प्रतिवद्दता व्यक्त गरिएकको छ ।
अध्यक्ष देवकोटाले संस्थाको हित नचाहने, सधै संस्थालाई अनिर्णयको वन्दी वनाई आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने केही व्यक्तिहरुले गरेको अपिलमा कुनैपनि सत्यता नभएकाले भ्रममा नपर्न आम जनसमुदायलाई अनुरोध गरेका छन् ।
खानेपानी समस्या समाधान गर्न संस्थाले दुन्दुरे खोला, वृहत भेरी पम्पिङ्ग आयोजना, वितरण पाईपलाइन सुधार विस्तार जस्ता आयोजनाहरु स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि कार्य अगाडि बढाईरहेको पनि उनले स्पस्ट पारेका छन् ।
उनले स्किम समितिको २०७२ श्रावण २३ गते र मुल उपभोक्ता समितिको २०७२ भाद्र १७ गते निर्वाचनबाट अहिलेको नेतृत्वले कार्यभार सम्हालेको र उपत्यकाको खानेपानी सेवाको स्तरवृद्दि गर्न लागिपरेको बताएका छन् ।
विज्ञप्तिमा संस्थाको विधान अनुसार स्किम र मूल उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु ४ वर्षे कार्यकालका लागि चयन भएर आएकोमा, संस्थाले मिति २०७६ असोज १० गते साधारणसभा बोलाएको र उक्त साधारण सभाबाट २०७६ पौष ५ गते दश वटै स्किम समितिहरुको र २०७६ पौष १९ गते मूल उपभोक्ता समितिको निर्वाचन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
तर, निर्वाचन समिति गठन भएको अवस्थामा केही साधारण सदस्यहरुले साधारण सभा वहिष्कार गरि अहिले निर्वाचनमा नजाने र संस्था संचालनको वैकल्पिक ढाँचाका विषयमा सर्वदलीय वैठक मार्फत अघि बढ्ने प्रस्ताव गरे अनुसार संस्थाले सर्वदलिय र सर्वपक्षिय बैठकको अयोजना गरि संस्था संचालनको ढाँचाको विषयमा व्यापक छलफल र अन्र्तक्रिया गदै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण साधारण सभा गर्न करिव दश महिना ढिला हुन गएको बताएको छ ।
बैकल्पिक व्यवस्थापनबाट संचालन गर्न विद्यमान संस्थाको विधानमा व्यवस्था नभएका कारण संस्थाले तीन सदस्यीय विधान संशोधन समिति गठन गरि विधान संशोधनको मस्यौदा तयार गरेको र यसलाई संस्थाको साधारण सभावाट अनुमोदन गर्न बाँकी रहेको पनि विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।
उपत्यकावासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा संचालन गर्ने उद्देश्यले २०५७ सालमा स्थापना भएको सेवामुलक संस्था भएको उल्लेख गर्दै संस्था संचालनका लागि लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट आवधिक निर्वाचन गराई संस्थाको स्किम र मूल उपभोक्ता समिति गठन गर्ने बैधानिक व्यवस्था रहेको जनाएका छन् ।