बिदेशबाट फर्केर गाउँमै चप्पल उद्योग संचालन

पदम केसी
सुर्खेत
बैदेशिक रोजगारीमा कार्यरत जाजरकोट नलगाड नगपालिका दुई जना युवाले चप्पल उद्योग संचालन गरेका छन् । युवा समाजसेवी कृष्ण थापा र गनेश पुनले १३ लाख रुपैयाको लगानीमा छेप्कामा चप्पल उद्योग संचालनमा ल्याएका हुन ।

चप्पल उद्योग संचालनमा ल्याउने युवा कृष्ण थापा र गनेश पुन

लामो समय वैदेशिक रोजगारमा रहेका युवा पुनले स्वदेश फर्किएपछि दुई जना मिलेर उद्योग संचालन गरेको बताए ।चप्पल बनाउने आबस्यक सामाग्रीहरु सात लाख रुपैयाको लागतमा बिराटनगरबाट ल्याएको बताए ।


वैदेशिक रोजगारबाट फर्केर के गर्ने भन्ने अलमलमा परेका पुनलाई थापाले चप्पल उद्योग गर्ने सल्लाह दिएका थिए । चप्पल उद्योगका लागि भने २४ सै घण्टा बत्तिको आबस्यक पर्ने भएपनि वत्तिको अभाव भएको उनीहरुले बताए ।


पुनले भने, वत्ति नहुँदा लगानी बापतको मुनाफा लिन सकिदैन कि भने चिन्ता थपिएको छ । थापा र पुन धेरै युवाहरुका लागि प्रेरणाका पात्र पनि बन्न सफल भएका छन् ।

प्रकाशित मितिः २१ फाल्गुन २०७७, शुक्रबार ०५:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *