बीरेन्द्रनगर ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र

सुर्खेत
बीरेन्द्रनगर नगरपालिका ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको छ । शनिवार नगर प्रमुख देवकुमार सुवेदीले वडाबाट आधारभूत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरेका छन् ।


उनले नेपाल सरकारले निःशुल्क उपलव्ध गराउँदै आएको ३५ प्रकारका औषधी सेवा केन्द्र दिइने बताए । वडाध्यक्ष निलकण्ठ खनालले जनतालाई छिटो, छरितो र प्रभावकारी स्वास्थ्य सेवा उपलव्ध गराउने बताए ।


निमित्त प्रमुख प्रशाकिय अधिकृत ललितविक्रम सिंहले स्वास्थ्य केन्द्रले वडावासीलाई आधारभूत स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जनहित सहकारी संस्थाका अध्यक्ष हरिहर नाथ योगीलगायतले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मितिः २२ फाल्गुन २०७७, शनिबार २१:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *