सुर्खेत
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको काँधमा धैर्य, संयम र समयको मागअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले कांग्रेसले अहिल्यै सरकारमा जाने वा नजाने भन्नेबारे बहस गर्न नहुने उल्लेख गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि सत्ता समीकरणको चर्चा सुरु भएको कांग्रेस महामन्त्री खड्काले भर्खरै नयाँ खेल सुरु भएकोले कांग्रेसले परिपक्व निर्णय लिने तर्क गरेका छन् ।
देशले फेरी काँग्रेसको परिपक्वता र साहसिक निर्णयको माग गर्दै छ, उनले भने, तर अँझै उपयुक्त समयको प्रतिक्षाको जरुरी छ ? हतार गरि हाल्नु जरुरी छैन भन्ने उनले कम्तिमा विगत ३ महिनाको अनुभवले यही शिक्षा दिएको पनि उनले उल्लेख गरेका छन् ।