खानेपानी आएपछि हजार विद्यार्थी लाभान्वित

बद्री पन्त
जाजरकोट
जाजरकोट सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयमा खानेपानीको निकै समस्या रहेको थियो ।
समस्याको समाधान गरिदिएका छन् सोहि विद्यालयका पुर्व विद्यार्थीहरुले । विद्यार्थीहरुलाई पिउने पानी दिऔं अभियान मार्फत पुर्व विद्यार्थीहरुले झन्डै १२ लाख रकम जुटाएर अहिले २४ घन्टे पिउने पानीको व्यवस्था गरिदिएका हुन ।


विद्यालयमा खानेपानीको निकै समस्या रहेको थियो । लामो समय देखि विद्यार्थीहरुले खानेपानी समस्या वेहोर्दै आएका थिए । अहिले चार हजार ९ सय मिटरको दुरीमा रहेको कोटखोला वुदवुदी स्थित मुहानवाट विद्यालयसम्म २४ सै घन्टा चल्ने पानी ल्याइएको छ ।
चरम समस्या भोगिरहेका विद्यार्थीहरुलाई पानीको सहज आपुर्तिको व्यवस्था गर्न रकम संकलन गरेर विद्यालयमा खानेपानी व्यवस्था गरिएको पुर्व विद्यार्थी तथा अभियानका समन्वय कर्ता जनक केसीले बताउनु भयो ।
सधैं जसो पानी तिर्खा लाग्दा होटेल तथा विद्यालय वाहिर जानु पर्ने विद्यार्थी बाध्यताको थियो । अव पानी पिउन र सरसफाइ गर्न ठुलो राहत मिलेको विद्यार्थी भोजराज चलाउनेले बताउनु भयो ।


सामाजिक हित कल्याणका लागि पुर्व विद्यार्थीहरुले गरेको काम र योगदान सवैका लागि प्रेरणा वनेको विद्यायका प्रधानाध्यापक हरिबहादुर बस्नेतले बताउनु भएको छ ।
पुस ३ गते देखि सुरु भएको अभियान मार्फत पानी टंकी, धारा र इन्टेक लगाएत खानेपानीको संरचना तथा व्यवस्थापन गरिएको छ ।
उक्त अभियानमा १ सय २६ जना पुर्व विद्यार्थीहरुले व्यक्तिगत रुपमा एक लाख देखि एक हजार सम्म सहयोग गरेका छन् । हाल विद्यालयको कक्षा ६ देखि १२ सम्म एक हजार विद्यार्थीले पठनपाठन गर्दै आएका छन ।
विद्यालयमा ८ हजार लिटर क्षमताको टंकी, तीनवटा धारा निर्माण गर्नुका साथै कोटखोलाको मुहानमा ५० मिटर वरपरको क्षेत्रफललाई जालीले घेरावार गरिएको छ ।

खानेपानी सुविधा पुगेपछि विद्यालयको दैनिक सरसफाई लगाएत कार्यमा धेरै सहज आएको छ ।

प्रकाशित मितिः २७ फाल्गुन २०७७, बिहीबार ०५:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *