नागरिकता गाउँबाटै दिन सिडिओसँग माग

बद्री पन्त
जाजरकोट
बारेकोटबासिले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटस“ग नागरिकताको प्रमाणपत्र गाउँबाटै पाउँने गरी व्यवस्था गरीदिन माग गरेका छन् ।
उनीहरुले नागरिकता सिफरिसका लागि सदरमुकाम जाना आउना खर्च धेरै हुने, सानोतिनो काम सच्याउन गाउँमै आउनु पर्ने समस्या भएकोले गाउँबाटै पाउनु पर्ने माग गरेका हुन् ।


स्थानीयले जिल्ला सदरमुकामबाट वितरण हुने नागरिकता बारेकोटबाटै पाउने व्यवस्थाका लागि प्रजिअ देवकोटसंग आग्रह गरेका हुन् ।
सुशासन प्रबद्र्धन तथा सरकारी कार्यालयबाट प्रवाह हुने बस्तु तथा सेवाका बारेमा नागरिकलाई जानकारी गराउने उदेश्यले शनिवार बारेकोटको लिम्सामा पुगेका प्रजिअ देवकोटासंग स्थानीयले यस्तो माग गरेका हुन् ।
त्यस्तै स्थानीयले प्रशासनलाई टेलिफोन सेवा सुचारु, बहुमुल्य जडिबुटीको चोरी निकासी, दुर्लभ बन्यजन्तुको चोरी सिकारी लगायत नियन्त्रणमा जोड दिन अनुरोध समेत गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बारेकोटको विकाससंगै भित्रिएका विकृती र बिसंगतिका बिषयमा प्रजिअ देवकोटालाई जानकारी गराउनु भएको थियो ।
आयातित विकृति र विसंगतिलाई नियन्त्रण गर्न शान्ति सुरक्षालाई सुदृढ गर्नु पर्ने बताउदै अध्यक्ष शाहले प्रजिअ देवकोटालाई निर्णय कार्यान्वयन गर्न ४ बुदेँ लेखित पत्र हस्तान्तरण गनु भएको थियो ।


अध्यक्ष शाहले निर्णय कार्यान्वयन गर्न प्रजिअ देवकोटालाई बुझाएको पत्रमा नलगाड जलविद्युत आयोजनाले अधिकरण गरेको क्षेत्रभित्र मुल्याङ्कण गर्न छुट भएका घरहरुको पुनः मुल्याङ्कण गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी गाउँपालिकाको प्रशासनिक केन्द्रमा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गर्नुपर्ने, २५ असार २०७७ को बाढी पहिराले गाउँपालिकाका विभिन्न बस्तिमा पूर्णरुपमा क्षेति भएका घरहरुको पर्ननिर्माण गर्ने प्रक्रियालाई अगाडी बढाउनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी बारेकोटको शान्ति सुरक्षालाई सुदृढ गर्न बारेकोट–४ दह, ६ धुमा र ३ मुल्साममा अस्थायी प्रहरी पोष्ट स्थापना गर्न आग्रह गरिएको छ ।
विकट बारेकोट प्राकृतिक श्रोत साधनको धनी भएकोले यसको विकासमा सबै पक्षको ध्यान जानु जरुरी भएको प्रजिअ देवकोटाले बताउनु भयो ।
कार्यक्रममा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह, प्रमुख जिल्ला अधिकारी देवकोटा, नेपाली सेनाका प्रमुख सेनानी श्याम शरण गोतामे, राष्ट्रिय अनुसान्धानका अनुसन्धान अधिकृत ओमबहादुर खड्का, प्रहरी नायव उपरीक्षक मधुकमार थापा, शसत्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक नरेश भण्डारी, जनप्रतिनीधि, कर्मचारी स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः ९ चैत्र २०७७, सोमबार ०७:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *